राजस्थानलाई पराजित गर्दै दिल्ली शीर्ष स्थानमा

दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । युएईमा बुधबार सम्पन्न खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै दिल्ली शिर्ष स्थानमा उक्लिएको हो । १३ औं संस्करणको जारी आइपीएलमा दिल्लीको यो छैटौं जित हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सकेपछि दिल्लीले समुह चरणको छैटौं जित हात पार्‍याे ।

राजस्थानका लागि सिजनको दोस्रो खेलमा स्थान बनाएका बेन स्टोक्सले ३५ बलको सामना गर्दै ४१ रन बनाए । यस्तै जोड्दा रोबिन उथप्पाले २७ बलको सामना गर्दै ३२ रन बनाए ।

सन्जु सामसनले २५ रन बनाएको खेलमा राजस्थानका अन्य ब्याट्सम्यानको प्रदर्शन सोचे अनुसार रहन सकेन ।

दिल्लीका एन्रिच नोट्जे र तुशार देशपाण्डेले समान दुईदुई विकेट लिए ।

यसअघि दिल्लीले राजस्थानलाई १ सय ६२ रनको लक्ष दिएको थियो । बुधबार युएईमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दिल्लीले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतीमा १ सय ६१ रन बनायो । दिल्लीका सिखर धवनले सर्वाधिक ५७ रन बनाए । यस्तै कप्तान श्रेयस ऐयरले ५३ रन बनाए ।

पृथ्वी सों संग अपोनरको रुपमा आएका धवनले ३३ बलको सामना गर्दै ६ चौका र २ छक्का हिर्काए । श्रेयस गोपालको बलमा क्याच आउट भएका धवनले आइपीएलको ३७ औं अर्धशतक बनाउन सफल भए । धवन अब आइपीएलमा सर्वाधिक अर्धशतक बनाउने किर्तिमान भन्दा ७ अर्धशतक टाढा छन् । सनराईजर्स हैदराबादका डेभिड वार्नरले सर्वाधिक ४६ अर्धशतक बनाएका छन् । यस्तै रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तान बिराट कोहलीले ३८ अर्धशतक बनाएका छन् । कोहलीसंगै ३८ अर्धशतकको रेकर्ड सुरेस रैनाको नाममा पनि छ ।

राजस्थान विरुद्ध सुरुवात राम्रो गर्न नसकेको दिल्लीका कप्तान ऐयरले ३ चौका र २ छक्काको मद्दतमा ४३ बलमा ५३ रनको अर्धशतकीय पारि खेले । मोर्कास स्टोइनिस १८ र एलेक्स क्यारी १४ रनमा आउट भए । ओपन पृथ्वी खाता नखोल्दै आउट हुँदा अजिन्क्या रहानेले २ रन बनाए । अक्सर पट्टेल ७ रनमा अविजित रहे ।

राजस्थानका जोफ्रा अर्चरले ३, जयदेव उनट्कटले २ विकेट लिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल