‘चिनियाँ सैनिकलाई युद्धका लागि तयारी रहन निर्देशन’

चीनका राष्ट्रपति शी जिनपिंगले आफ्ना सैनिकलाई युद्धको तयारी गर्न निर्देशन दिएका छन् । सीएनएनको रिपोर्ट अनुसार राष्ट्रपति शीले एक सैनिक बेस क्याम्पको भ्रमण गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले भने ‘आफ्नो पुरा दिमाग र उर्जा युद्धको तयारीका लागि केन्द्रीत गरौं ।’

चीनको समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीका अनुसार शी मंगलबार चीनको गुआगडोंगको एक सैनिक बेस क्याम्पको भ्रमणमा थिए । त्यतिबेला उनले युद्धको तयारी गर्न भनेका हुन् । उनले आफ्ना सेनालाई हाई अलर्टमा रहन पनि निर्देशन दिएको जनाइएको छ ।

राष्ट्रपति शी गुआगन्डोंगमा शी शेनझेन स्पेसल इकोनोमी जोनको ४० औं वार्षिकउत्सबलाई सम्बोधान गर्न गएका हुन् । भारत, अमेरिका र ताइवानकोबीचमा चीनको सम्बन्ध तनावपूर्णरुपमा भएका बेला शीले सैनिकलाई युद्धको तयारी गर्न निर्देशन दिनुलाई अन्तर्राष्ट्रिय जगतमा निकै चासोका साथ हेरिएको छ ।

सोमबार मात्रै अमेरिकाले ताइवानलाई एड्भान्स हतियार दिने घोषणा गरेको थियो । उक्त घोषणापछि चीन रुष्ट भएको छ । चीनले ताइवानलाई आफ्नो क्षेत्र दावी गर्दै आएको छ भने ताइवानले आफूलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्दै आएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल