भारतमा एकै दिन थपिए ५५ हजार सङ्क्रमित, कुल संख्या ७१ लाख नाघ्यो

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ७१ लाखभन्दा बढी पुगेको छ।

भारतमापछिल्लो २४ घण्टामा मात्रै ५५ हजार ३४२ जना संक्रमित थपिएका छन् । यससँगै हालसम्म ७१ लाख ७५ हजार ८ सय ८० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ७०६ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख ९ हजार ८५६ जनाको मृत्यु भएको छ।

अहिलेसम्म विश्वभर संक्रमितको संख्या तीन करोड ७८ लाख ८ हजार २७३ भन्दा बढी रहेको छ । १० लाख ८० हजार ७९० भन्दा बढीको कोभिड–१९ का कारण ज्यान गएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल