क्यानको वार्षिक साधारणसभा अर्को महिनासम्मका लागि स्थगित

असोज २८ र २९ गते बस्‍ने तय भएको नेपाल क्रिकेट संघ क्यानको वार्षिक साधारणसभा अर्को महिनासम्मका लागि स्थगित भएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण भएपछि पूर्ण निको नभइसकेको र अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएकाले साधारणसभा रोक्नुपरेको क्यानका कोषाध्यक्ष रोशनबाहादुर सिंहले जानकारी दिए ।

यसअघि असोज ६ गते चितवनमा बसेको क्यानको कार्यसमिति बैठकले असोजको २८ र २९ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको थियो ।

योसँगै अब क्यानको वार्षिक साधारणसभा मंसिरभित्र गरिसक्ने योजना रहेको कोषाध्यक्ष सिंहले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल