पूर्वप्रधानन्यायाधीश रायमाझीको ‘न्यायपालिकामा चार दशकः मेरा सम्झना’ सार्वजनिक

पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीले न्यायक्षेत्रमा रहँदाको सस्मरण प्रकाशन गरेका छन् । उनको संस्मरणात्मक कृति ‘न्यायपालिकामा चार दशकः मेरा सम्झना’ आइतबारदेखि बजारमा आएको छ ।

रायमाझी २०६६ वैशाख २५ देखि २०६६ माघ २८ सम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएका थिए । उनले न्यायपालिकामा झण्डै चार दशक बिताएका थिए ।

न्याय सेवाको अधिकृतबाट सेवा प्रवेश गरेको उनी जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेका थिए । चार दशकमा आफूले भोगेका रोचक घटनाक्रम उनले आफ्नो कृतिमा समेटेका छन् ।

नेपालको राजनीतिका महत्त्वपूर्ण घटनासँग जोडिएका रायमाझीको यो अनुभव राजनीतिक इतिहासको पनि अभिन्न अंग बन्न सहायक हुने अपेक्षा गरिएको छ । संविधान निर्माण, राजा ज्ञानेन्द्रद्वारा गठित भ्रष्टाचार नियन्त्रण शाही आयोग विघटनको फैसलालगायतका कारण चर्चित बनेका थिए ।

६ सय ६६ रुपैयाँ मूल्य राखिएको सो पुस्तक सांग्रिला बुक्सले प्रकाशन गरेको हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल