कोरोना महामारीका कारण स्थगित सबै परीक्षा सञ्चालन गर्न सरकारको अनुमति

काठमाडौं,२१ असोज । सरकारले कोरोना महामारीका कारण स्थगित सबै परीक्षा सञ्चालनका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व विद्यालयका तथा राष्ट्रिय परीक्षा बोर्डलाई जनस्वास्थ्यका मापदण्ड पूरा गरि परीक्षा सञ्चालन गर्न सहमति प्रदान गरेको आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले बताउनु भयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलयले गत असोज १९ गते परीक्षासम्बन्धी प्रस्ताव बैठकमा पेश गरेको थियो।

लोकसेवा आयोग, विश्व विद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह र विषयका परीक्षण सञ्चलन गर्न सैद्धान्तिक अनुमित प्रदान गरिएको उहाँले बताउनुभयो । यस्तै व्यवसायीक तालिम प्रदायक संस्थाहरुलाई पनि छोटा अवधिको तालिम सञ्चालन गर्न अनुमति दिएको छ । तालिममा २५ जनाभन्दा बढी सहभागित नहुने गरी स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नुपर्ने छ । यस्तै विज्ञापन बोर्डको आर्थिक वर्ष २०७७÷०७८ का लागि अधिकृतस्तरका ५ जना कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको उहाँले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल