उप्रेतीको ‘घुम्दै फिर्दै अमेरिकामा’

काठमाडौँ, २१ असोज । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको नयाँ नियात्रा कृति ‘घुम्दै फिर्दै अमेरिकामा’ प्रकाशित भएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक उप्रेतीको तेह्रौँ कृति हो ।

कविता लेखनबाट साहित्ययात्रा आरम्भ गरेका साहित्यकार उप्रेतीका यसअघि ‘स्मृतिका छालमा इटाली’ ९यात्रा संस्मरण०, ‘दृष्टिकोणका विविध बिसाउनी’, ‘व्यक्ति, कृति र प्रवृत्ति’ ९समालोचना०, ‘तिब्बतमा दश दिन’ ९नियात्रा०, ‘देश देशान्तर’ ९नियात्रा० र ‘चक्रव्यूह’ ९कविता० लगायत १२ कृति प्रकाशित छन् ।

‘घुम्दै फिर्दै अमेरिकामा’ नियात्रा कृतिभित्र नियात्राकार उप्रेतीले विसं २०६६ मा अमेरिकाका विभिन्न स्थानमा गरेका यात्राका विविध अनुभव र अनुभूति समेटिएका छन् । जम्मा २० शीर्षकमा लेखिएका उप्रेतीका नियात्राहरूले अमेरिकी परिवेशका साथै अमेरिकी–नेपाली समाज र संस्कृतिको इतिवृत्त उतारेका छन्।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल