वरिष्ठ कलाकार लक्ष्मी गिरी अभिनीत म्युजिक भिडियो ‘दशैँ’ सार्वजनिक

वरिष्ठ कलाकार लक्ष्मी गिरी अभिनित म्युजिक भिडियो ‘दशैँ’ सार्वजनिक भएको छ । लक्ष्मीले भिडियोमा पीडित आमाको भूमिका निर्बाह गरेकी छिन् ।

भिडियोमा लक्ष्मीको अलवा कुशेन्द्र पुरुष ढकाल, रिजन गिरी र एलिजा न्यौपाने गिरी लगायत थुप्रै कलाकारको अभिनय देख्न सकिन्छ ।

भिडियोमा करिब दशक अगाडि इराकमा १२ नेपालीको विभत्स हत्या गरिएको सत्यघटना विषयवस्तु बनाइएको छ ।

अमेरिकामा रहेर नेपाली संगीतक यात्रालाई अघि बढाइरहेका गायक रिजन गिरीले यो गीत दशैँको अवसर पारेर सार्वजनिक गरेका हुन् । गीतमा उनलाई आमा गंगा गिरीले स्वरमा साथ दिएकी छिन् ।

रिजन र गंगाकै शब्द तथा संगीत रहेको गीतको भिडियो अनिल न्यौपानेले निर्देशन गरेका हुन् । भिडियो सृजन प्रजापतिको छायांकन, निश्चलजंग कार्कीको सम्पादन रहेको छ ।

हेरौँ भिडियो

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल