राजनीतिमा शक्ति वासना

ग्रहणमा अधि जोड़िए पछी ‘अधिग्रहण ‘र यो शब्दले आफ्नो स्वामित्वमा रहेका कुनै पनि वस्तु सरकारले ग्रहण गर्न सक्छ, त्यस्तै नायकमा अधि जोडिएपछी ‘ अधिनायक ‘ यस्ले पनि त्यस्तै अर्थ दिन्छ सवै क्षेत्रमा राजनीतिमा अर्थनीतिमा , शिक्षानीतिमा , संचार नीतिमा अरु सवैको नायकतत्व हरण गरेर आफैले नायकतत्व ग्रहण गर्नु नै अधिनायक भनिन्छ यस्लाइ सर्वसत्तावाद भनेर बुज्दा पनि हुन्छ ।

अहिलेको वर्तमान ओलि सरकार यही वाटोमा अग्रसर हुदैछन, उन्को यो पथले राष्ट्रमा अस्तव्यस्ततालाइ निम्तो दिन्छ र यस्को नतिजा अर्थात भोली ओलि पथले आफु र आफ्नो सरकार स्थापित गर्नु भन्दा पनि अर्कै शक्तिलाइ स्थापित गर्ने मार्गप्रसस्त गर्दै छन जस्तो देखिन्दैछ।

अहिलेको नेकपा सरकारको अधिनायकवाद, सर्वसत्तावाद ,प्रवृतीले राजशाही व्यवस्थालाइ समेत विर्साउने गरि आफ्नो नेतृत्वको सरकारको परिचयको स्वरुप वनाउदैछन ।

राजनीतिमा शक्त्तिको वासना पाल्ने मानिस भौतिक वासना पाल्ने भन्दा धैरै नै ज़्यादा खतरनाक , क्रुर , हिंसक र स्वार्थी हुन्छन , यिनिहरुलाइ मात्रै सक्ती चाहिन्छ , शक्त्ति , र महान तथाकथित नेता वन्न चाहान्ंछन सहज वहुमत हुदा हुदै अन्य राजनीतिक दललाइ समेत मन्त्रिमण्डलमा समावेश गरेर दुइ तिहाई मत पुर्याएको थियो योनै सक्ति वासनाको प्रमाण हो र यस्तो वासना पाल्ने राजनीतिक पाटीको यस संसारमा कालान्तारमा पतन भएको पनि देखिएको छ। यिनिहरुमा कस्तो भावनाना हुन्छ भने सवै हामीहरुको अगाडी शिर झुकाउन , मलाइ राष्ट्रनायक घोषित गरुन , यस्तै यस्तै विकृत मानसिकता राजनीतिमा सक्ती वासना पाल्ने शासकमा देख्न पाइन्छ ।

अर्को तर्फ संविधानमा भएको व्यवस्था अनुसार संसदमा र प्रदेस सभामा सभामुख र उपसभामुख यौटै पाटीको रहने व्यवस्था छैन , एमाले र माओवादी एकिकरण पुर्व त ठिक्कै थियो एकिकरण पस्चात यौटै पाटी रहेको हुदा एक पद छाडनु पर्ने संवैधानिक व्यवस्थामा

नेकपा मा जन्मिएको राजनीतिक घटनाक्रमका कारणबाट तत्कालिन उप सभामुख शिवमाया तुम्बाहांगफेले राजिनाम दिएपछी ८ महिना देखी रिक्त रहेको सो पदमा उप सभामुख नियुक्त नहुनु पनि दुबै पदमा नेकपा नै रहेको अर्थमा बुज्नु पर्छ र यो पनि सक्ति वासना नै हो ,यो कुरा प्रतिपक्षमा रहेको नेपाली काग्रेसले किन बुजिरहेको छैन रु

मुल कुरा चै नेकपा पाटी को शक्त्ति वासना नै हो र यस्तो वासना अव सर्वत्र देखिन्दै जानेछ जुन कुरा लोकतन्त्रको लागी ख़तरा को संकेत हो ।

सरकार प्रमुख हुनेले राजदण्ड को प्रयोग गर्छ तर त्यो सक्ती वासना पाल्ने ले चै राजदण्ड गलत ठाउमा प्रयोग गर्छन र तै हुनाले नै तुलसीदास लाइ अकवरले कैद गरे , मुग़लहरुवाट शिखका दश गुरु ले पनि राजदण्ड झेले , रोमन साम्राज्यमा पनि एकजनालाइ सुलिमा वाधेर राजदण्ड सुनाइ सुलिमा लटकाइयो , नेलशन मण्डेला ले पनि राजदण्ड झेले र पुरै ज़िन्दगी जेलमा विताए , चिनमा नै नवेल पुरस्कार प्राप्त गरेका मानिसहरु राजदण्ड कै कारण सम्पुर्ण जीवन कारागारमा विताउनु पर्यो ।

अहिले प्रधानमंत्री के पी ओलीलेमा यै सक्ती वासना पलाएको र पाल्दै गरेको देखिन्छ र यै राजदण्डको भय डर र त्रास देखाएर विपक्षी दलका नेताहरुलाइ निस्तेज गर्न खोजिन्दै छ , अहिले यै राजदण्ड कै वल वुतामा आफ्नो राज्यसत्ता संचालन गर्न लागिपरेका छन । र यस्तो अवस्थामा न्याय कानुन अर्थात कानुनी राज्य त्यो राजदण्डसंग हार्दै जान्छ , ।

प्रधान मन्त्रीमा सक्ती वासना छ र त्यो वासनाको उदाहरण प्रधान मन्त्री को कार्यलयमा गृहको गुप्तचर विभाग , अर्थको राजस्व अनुसन्धान विभाग लगायतका विभागहरु राख्नु शक्त्ति वासनाको प्रमाण हो । र यि सवै सक्तीको भोंक हो वासना हो यस्तो भोंक र वासना पाल्ने मानिस कहिल्यै तृप्त हुदैनन।र यो भोक बड्दै जानेछ जस्तो मानव अधिकार आयोग , पत्रकार आचारसंहिताका कुरा यिनै सक्ति वासनाले ल्याएको कुरा हुन ।

चाहे राष्ट्र होस चाहे सरकार होस यिनिहरुको राजनीतिमा मुख्य उदेश्य शक्त्ति प्राप्त गर्नु हो र त्यो सक्तिको प्रभावमा , दवावमा आफुलाइ स्थापित गर्दै जानु हो , आफ्नो विचारलाइ लागु गर्दै जानु हो तर याहा नेर त्यो सक्ति कसरी प्रयोग भइरहेछ , र किन प्रयोग भइरहेछ त्यो चै राजनीतिक विश्लेषकहरुले , विचारकहरुले , मानव अधिकारवादीहरुले अध्ययन गर्ने नै छन ।

अहिले नेकपाको सक्ती वासनाले गरेको राज्य संन्चालनलाइ वर्तमान नेपालको राजनीति मुल्य हिन भन्नु पर्ने हुन्छ। मुल्यहिन राजनीति मात्रैको भविस्य छैन र भोलि माथि उल्लेख गरिएका राजनीतिक विश्लेषक , राजनीतिक विचारक र मानव अधिकारवादी को पनि यही निष्कर्ष आउछ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल