नेपाली अनुसन्धानकर्ता सम्मिलित समूहले पृथ्वीजस्तै अर्को ग्रह पत्ता लगाए

काठमाडौं, ११ असोज । अनुसन्धानकर्ता सम्मिलित समूहले पृथ्वी जस्तै अर्को ग्रह पत्ता लगाएका छन् ।

अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्लानेटरी साइन्समा पिएचडी गर्दै गरेका काठमाडौं मैतीदेवीका निरौलाको समूहमा मुख्य भूमिका छ ।

काठमाडौंका २८ वर्षीय युवा प्रज्वल निरौला सम्मिलित समूहले नयाँ ग्रह पत्ता लगाएका हो । सौर्यमण्डल बाहिरको ग्रहको अध्ययन गर्न निरौलासहित अमेरिका, बेल्जिय, बेलायत, स्विजरल्याण्डलगायत मुलुकका २८ जना अनुसन्धानकर्ताको टोली खटिएको थियो ।

यो ग्रहलाई अमेरिकी अन्तरिक्ष केन्द्र नासाले समेत मान्यता दिएको छ । उक्त ग्रहसम्बन्धी अनुसन्धानात्मक आलेख एस्ट्रोनोमिकल जर्नलमा सेप्टेम्बर २१ मा प्रकाशित भएको थियो ।

निरौलाले नयाँ ग्रहको खोज र विशेषताहरुको अध्ययन गर्दै आएका छन् । उनका अनुसार यो ग्रह स्पेकुलस टेलिस्कोपको मद्दतबाट पत्ता लागेको हो ।

यस ग्रहको नाम के२–३१५बी राखिएको छ । के२–३१५बी नामक ताराको वरिपरि घुम्ने भएकाले यसको नाम के२३१५बी राखिएको निरौलाले बताए ।

यो ग्रह पृथ्वीबाट १ सय ८५ प्रकाश वर्ष टाढा छ । यसमा अत्यधिक १८५ डिग्री तापक्रम रहेकाले यसमा जीवनको सम्भावना नरहेको उहाँले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल