आज प्रदोषव्रत, त्रयोदशीश्राद्धका साथै मघाश्राद्ध पनि हेर्नुहोस् २०७७ भाद्र ३० गते

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल भाद्र महिनाको ३० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको १५ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत आश्विन कृष्णपक्षको त्रयोदशी तिथि राति ८।४१ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । अशलेषा नक्षत्र दिवा १२।५५ बजेसम्म रहनेछन् । यसैगरी आज शिव योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।५० मा छ भने सूर्यास्त बेलुका ६।५ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा रहेका छन् ।

आज प्रदोषव्रतका साथै सोह्रश्राद्धअन्तर्गतको त्रयोदशी श्राद्ध एवं मघाश्राद्ध पनि परेको छ । प्रदोषव्रतमा केवल शिवजीको उपासना लाभदायी रहन्छ । यसैगरी मघा श्राद्ध भनेको सन्तान प्राप्तिका निम्ति गरिने एक विशेष काम्य श्राद्ध हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल