आज सोमवार, द्वादशीश्राद्ध पनि हेर्नुहोस् आजको दिन २०७७ भाद्र २९गते

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल भाद्र महिनाको २९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत सेप्टेम्बर महिनाको १४ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत आश्विन कृष्णपक्षको द्वादशी तिथि राति १०।२ बजेसम्म रहनेछ । यो महिनाका देवता हृषिकेश र मासदेवी अपराजिता हुन् । सूर्य सिंह राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । पुष्य नक्षत्र दिवा १।२४ बजेसम्म रहनेछन् । यसैगरी आज परिघ योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।४९ मा छ भने सूर्यास्त बेलुका ६।८ बजे हुनेछ । चन्द्रमा आज बिहान कर्कट राशिमा रहेका छन् ।

आज सोमवार शिवजीको उपासना गर्ने उत्तम दिन हो । यसैगरी सोह्रश्राद्ध अन्तर्गत द्वादशी तिथिको श्राद्ध पनि अज नै परेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल