बलिउड अभिनेता अर्जुन कपुर कोरोना संक्रमित

एजेन्सी, २१ भदौ । बलिउड अभिनेता अमिताभ बच्चनको परिवार कोरोना उपचार गरेर घर फर्केको एक सातापछि बलिउडका अर्का अभिनेतामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार अभिनेता अर्जुन कपुर कोरोना संक्रमित भएका छन् ।

रिपोर्ट आइतबार बिहान मात्रै आएको कोरोना परीक्षणको रिपोर्टअनुसार उनमा कोरोना पोजेटिभ देखिएको हो । यसबारे उनले आजै दिउँसो आधिकारिक जानकारी दिने तयारी गरेका छन् ।

अहिले अर्जुन कपुर निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङ गरिरहेका थिए । अर्जुनले यसबारे आफ्नो ह्यान्डलबाट आधिकारिक जानकारी दिने बताइएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल