प्रशासनको अनुमतिविना स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि पुल्चोकमा झडप

काठमाडौं, १८ भदौ । ललितपुरको पुल्चोकमा प्रहरीर स्थानीयबीच झडप भएको छ ।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा अवज्ञा गर्दै स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि झडप भएको हो ।

स्थानीयले प्रशासनको अनुमतिविनै रथ तान्न थालेपछि प्रहरीले भिड साम्य पार्न बल प्रयोग गरेको हो ।

पुल्चोकमा रहेको मछिन्द्रनाथको रथ तान्न बिहीवार स्थानीय भेला भएका स्थानीयमाथि प्रहरीले केही सेल अश्रु ग्याससमेत प्रहार गरेको छ ।

कोरोना संकटका कारण यसवर्ष काठमाडौं उपत्यकाका जात्रा प्रभावित भएका छन् । मंगलवार मात्र उपत्यकाको पुरानो इन्द्रजात्रा प्रभावित भएको थियो ।

यसअघि असार अन्तिम साता रथ तान्ने साइत निकालिएको भएपनि कोरोना संक्रमणको त्रासका कारण प्रशासनले अनुमति दिएको थिएन ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल