भदौ १७ देखि नियमित उडान, भाडादरमा केही हेरफेर हुने

काठमाडौं, ११ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १७ देखि नियमित दुई र एक चार्टर्ड उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ । भदौ १७ देखि नियमित उडान हुने भएपछि भाडादरमा केही हेरफेर हुने भएको छ ।

एकतर्फी मात्रै यात्रु हुने भएकाले चार्टर्ड उडानको तुलनामा धेरै नघटे पनि केही हेरफेर हुनसक्ने नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन् । उनले भनिन्, ‘अब एयरलाइन्सबीच प्रतिस्पर्धा भए पनि धेरै घट्ने सम्भावना छैन ।’

दुईतर्फी यात्रु आवागमन हुन थाले स्वतः भाडा घट्दै जाने उलेख गर्दै उनले पहिलेजस्तो सामान्य अवस्थाकै भाडादर फर्किन भने समय लाग्ने जानकारी दिइन् ।

सरकारले उद्धार उडानको लागि गन्तव्यअनुसार अधिकतम भाडादर तोकेको छ । नियमित उडानमा भने एयरलाइन्सको प्रतिस्पर्धाले केही भाडादर घट्ने भएको हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल