कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

धनुषा । जनकपुरधाम प्रादेशिक अस्पतालको आइशोलेसनमा थप एकजनाको मृत्यु भएको छ ।

कोरोना पोजेटिभ भई गत साउन ८ गते देखि ओइशोलेसनमा भर्ना भएका विदेह नगरपालिका वडा नं। ८ का ६० वर्षीय पुरुषको गएराती मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो।

क्षयरोगबाट पीडित भइ ज्वरो आएका ती पुरुषको स्वास्थ्यमा थप समस्या देखिएपछि गत साउन ८ गते अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा स्वाव परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको प्रादेशिक अस्पताल कोभिड १९ का संयोजक डा. जामुन सिंहले बताए ।

उनको ट्राभल हिस्ट्री भने खुल्न वाँकी रहेको छ भने शव व्यवस्थापनको तयारी भइरहेको छ ।

यससंगै कोरोना संक्रमणवाट धनुषामा मात्र मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल