आज श्रीकृष्ण जन्माष्टमीव्रत, महिमासहित हेर्नुहोस् २०७७ श्रावण २७ गते

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल श्रावण महिनाको २७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अगष्ट महिनाको ११ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ (एक अर्व ९५करोड, ५८ लाख ८५ हजार १२१ वर्ष) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायन छन् । वर्षा ऋतुअन्तर्गत भाद्रकृष्णपक्षको सप्तमी तिथि बिहान ६।१९ बजेसम्म रहनेछ । सोपश्चात् अष्टमी तिथि लाग्नेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । भरणी नक्षत्र राति ११।१७ बजेसम्म रहनेछन् । यसैगरी आज गण्ड योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।३३ मा छ भने सूर्यास्त बेलुका ६।४३ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा छन् ।

आज श्रकृष्णजन्माष्टमीव्रत परेको छ । द्वापयुगमा भाद्रकृष्णपक्षको अष्टमीका दिन भगवान् श्रीकृष्णका यो धराधाममा पदार्पण भएको थियो । अधर्मको नाश र धर्मको रक्षाका निम्ति भगवान्ले अवतार ग्रहण गरेको यो पावन अवसरमा श्रकृष्ण जन्माष्टमीव्रत धारण गरिन्छ ।
माता देवकी र वसुदेवको गर्भबाट आठौ सन्ततिका रूपमा भगवान्ले रोहिणी नक्षत्रका दिन मध्यरातमा अवतारग्रहण गर्नुभएको थियो । महाभारतको युद्धका क्रममा अर्जुनलाई दिनुभएको उपदेश नै गीता हो । जो हाम्रो मार्गदर्शक हो । आज व्रत धारणका साथै भगवान्का लीगा गान गरि हर्षोल्लासपूर्वक जन्माष्टमीपर्व मनाइन्छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल