गोंगबु गणेशस्थानमा शव फेला परेका व्यक्तिको तस्बिर सार्वजनिक

काठमाडौं, २६ साउन । काठमाडौंको गोंगबुचोक नजिकै आइतबार सुटकेशमा फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरीले अनुुसन्धानमा सहयोग हुने अपेक्षासहित मृतकको तस्बिर सार्वजनिक गरेको छ ।

राजधानीको गोंगबु गणेशथाननजिकै आइतबार बिहानै सुटकेसभित्र फालिएको अवस्थामा टाउको र खुट्टाबिहीन शव फेला परेको थियो । प्रहरीले अन्दाजी ४०–४५ वर्ष उमेरका पुरुषको शव फेलापरेको सार्वजनिक गरेको थियो ।

घाँटीभन्दा तल र घुँडाभन्दा माथिको भागलाई प्लास्टिकमा बेरेर सुटकेसमा राखेर फ्याँकिएको अवस्थाामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तालिमप्राप्त कुकुरको सहारामा करिब तीन सय मिटर परको दूरीमा अर्को झोलामा टाउको र खुट्टा फेला पारेको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीले तस्बिर पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न सबैसँग आग्रह गरेका छन् ।

शव फेला परेको स्थाननजिकै समेत सूक्ष्म संयन्त्र प्रयोग गरेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल