गुल्मीमा नेकपाका कार्यकर्ताद्वारा पूर्व शिक्षकमाथि कुटपिट

गुल्मी, २५ साउन । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर २ जुभुङमा नेकपाका कार्यकर्ताले सर्वसाधारणमाथि कुटपिट गरेका छन् । जुभुङ देउराली डाँडा बस्ने नेकपाका कार्यकर्ता पतिराम थापा (घर्ती) ले दम्ब देखाउदै सोहि वडाका पूर्व शिक्षक झविन्द्रबहादुर थापाको मतेकाबारी खरानमा गोरु चराईरहेका थिए । हिजो बिहान १० बजेको थियो सोहि बेलामा झविन्द्रबहादुर थापाले त्यहाँ पुगेर किन मेरो खरानमा गाई बस्तु चराएको भन्दा अपशब्द बोल्दै सत्ता र सरकारको धाक लगाउँदै घर्तीले बेहोश हुने गरी कुटपिट गरेको पीडितले बताएका छन् ।

पूर्व शिक्षक झविन्द्रबहादुर थापाले भने – ‘मेराे खरानमा गाेरु चरण किन बनाएकाे भनेकाे मात्र थिए, गाेरु कुट्ने लठ्ठीले एकाेहाेराे पिट्याे, शरिरमा निलडाम हुने गरि म माथी कुटपिट भयाे, टाउकोमा पनि चोट लागेको छ ।’ स्थानीयकाअनुसार घर्तीले यसअघि पनि पटकपटक गाँउलेहरुलाई कुटपिट गर्दै त्रसित बनाउदै आएको बुझिएको छ ।

पिडित पक्षले न्यायका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा जायरी दिएका छन् भने घाईते झविन्द्रबहादुर थापाको गुल्मी अस्पताल तम्घासमा उपचार भईराखेको छ । घर्ती भने यतिबेला प्रहरीकाे नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ,।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल