आज आइतवार, पञ्चाङ्गसहित हेर्नुहोस् २०७७ श्रावण २५ गते

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल श्रावण महिनाको २५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अगष्ट महिनाको ९ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ (एक अर्व ९५करोड, ५८ लाख ८५ हजार १२१ वर्ष) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायन छन् । वर्षा ऋतुअन्तर्गत भाद्रकृष्णपक्षको षष्ठी तिथि राति ४।२० बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । रेवती नक्षत्र बेलुका ६।१३ बजेसम्म रहनेछन् । यसैगरी आज धृति योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।३२ मा छ भने सूर्यास्त बेलुका ६।४५ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा छन् ।

आज आइतवार सूर्य भगवान्को उपासना लाभदायी रहनेछ । यसैगरी आजबाट पञ्चक पनि सकिएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल