दुर्घटनामा तीन जनाको मृत्यु

रुपन्देही, २४ साउन । यहाँ कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रोहिणी गाउँपालिका–४ छिपागढमा लु२च ६७५६ नं को कार दुर्घटना हुँदा रुपन्देही ओमसतिया गाउँपालिकाका–४ का २६ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नसाप दर्जी र नवलपरासीको रामग्राम नगरपालिका–१२ का १२ वर्षीय प्रदीप ठाकुरको मृत्यु भएको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।    
    
गए राति कार अनियन्त्रित भइ पल्टिएपछि घाइते भएका तीनै जनाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीलेले जनाएको छ । रासस

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल