आज शनिवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७७ श्रावण २४ गते

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल श्रावण महिनाको २४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अगष्ट महिनाको ८ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायन छन् । वर्षा ऋतुअन्तर्गत भाद्रकृष्णपक्षको पञ्चमी तिथि राति २।१५ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । उत्तराभाद्रपदा नक्षत्र दिवा ३।३८ बजेसम्म रहनेछन् । यसैगरी आज सुकर्म योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।३१ मा छ भने सूर्यास्त बेलुका ६।४६ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा छन् ।

आज शनिवार शिवजीको उपासनाका साथै पिपलको दर्शन एवं स्पर्शन लाभदायी रहनेछ । यसैगरी आज शनिजन्य दोष निवारणका निम्ति शनिमृत्युञ्जयको पाठ पनि लाभदायी रहनेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल