आज शुक्रवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७७ श्रावण २३ गते

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल श्रावण महिनाको २३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अगष्ट महिनाको ७ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ (एक अर्व ९५करोड, ५८ लाख ८५ हजार १२१ वर्ष) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य दक्षिणायन छन् । वर्षा ऋतुअन्तर्गत भाद्रकृष्णपक्षको चतुर्थी तिथि राति १२।२५ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । पूर्वाभाद्रपदा नक्षत्र दिवा १।१४ बजेसम्म रहनेछन् । यसैगरी आज अतिगण्ड योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।३१ मा छ भने सूर्यास्त बेलुका ६।४७ बजे हुनेछ । चन्द्रमा आज बिहान ६।४१ बजेसम्म कुम्भ राशि र सो पशचात् मीन राशिमा रहनेछन् ।

आज शुक्रवार, इन्द्रायणी भगवतीको उपासनाका साथै सेता वस्तुको प्रयोग लाभदायी रहनेछ । यसैगरी आज कला एवं साहित्य सम्बन्धी कार्य एवं व्यवसाय पनि लाभदायी रहनेछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल