प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, १६ साउन । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण देखिएको छ ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।यसअघि सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । विभिन्न जिल्लामा खटिएका प्रहरीहरूमा पनि कोरोना संक्रमण देखिन थालेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल