‘बिपी विमर्शका बहुआयाम विषय’मा हरेकपलले २ महिनासम्म संवाद र बहस गर्ने

काठमाडौं, ५ साउन । राष्ट्रियता, लोकतन्त्र र समाजवादको परिभाषा गर्ने पहिलो भाष्यकार बीपी कोइरालाको ३८ औंँ स्मृति दिवसका सन्दर्भमा सूचना चौतारी सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हरेकपल डट कमले बिपी विमर्शका बहुआयाम विषयमा करिब दुई महिना संवाद, बहस र विमर्शको कार्यक्रम गर्ने भएको छ । साउन ६ गते दिउँसो १ बजे नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कार्यक्रमको उद्घाटन गर्दै हुनुहुन्छ ।

जुम प्रविधिबाट गरिने उक्त कार्यक्रममा बीपी कोइरालाको राजनैतिक, आर्थिक, सामाजिक विचार, साहित्य सिर्जनाको क्षेत्रको विशेष चर्चा हुनेछ । उहाँजस्तो बहुप्रतिभाशाली व्यक्तित्वका अनेक पक्षहरूलाई निरन्तर प्रचारप्रसार गर्नु अति आवश्यक रहेकोले बिपी विमर्शका बहुआयाम विषयमा विमर्श गर्न लागिएको हरेकपलका सम्पादक प्रकाश थापाले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल