भरतपुर अस्पताललाई भिटिएम सहयोग

चितवन, ३१ असार । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टू नेपालले भरतपुर अस्पताललाई भाइरस ट्रान्सफर मिडियम किट ९भिटिएम० सहयोग गरेको छ । क्लबका प्रथम डिष्ट्रिक्ट भाइस गभर्नर रामप्रसाद भट्टले र क्लबका कोभिड–१९ पोट्रेक्शन डिष्ट्रिक चिफ सिद्धार्थलाल चुकेले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा एक हजार चार सय किट सहयोग गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, अस्पताल विकास समितिका सदस्यहरु केशव देवकोटा, रमा घिमिरे, अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी लगायतको उपस्थिति थियो ।

सो अवसरमा क्लबका प्रथम डिष्ट्रिक्ट गभर्नर भट्टले कोरोना सङ्क्रमणको समयमा लायन्स क्लब सधैँ साथमा रहेको बताउनुभयो । सुरुआती समयमा क्लबले रु ७५ लाख बराबरको व्यक्तिगत सुरक्षा सामग्री ९पिपिई० सरकारलाई सहयोग गरेको उहाँले जानकारी दिनुभयो । दोस्रो चरणमा किट हस्तान्तरण गरिएको हो ।स्वास्थ्य मन्त्रालयले दिएको अस्पतालका नामका आधारमा आवश्यकताअनुसार किट हस्तान्तरण गरिएको भन्दै उहाँले भरतपुर अस्पतालमा रु दुई लाख बराबरको सामान हस्तान्तरण गरिएको जानकारी दिनुभयो । कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा अधिकारीले क्लबको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल