कोभिड -१९ को महामारीबीच सामान्यीकरण

आजभोली बिस्तारै–बिस्तारै अबको सामान्य अर्थात् (New Normal) भन्ने शब्द निकै चर्चामा आउन थालेको छ । चीनको हुवानमा सबै भन्दा पहिले देखिएको कोरोना भाइरस कोभिड १९ को महामारीबीचमा प्रचलित अबको सामान्य भनेको के हो ? यसले कसरि काम गर्दछ ? यसले के के कुरामा प्रभाव पार्दछ भन्ने बिषयमा जानकारी गराउने यो लेख को उद्देश्य रहेको छ ।

कोभिड १९ ‘कोरोना’ महामारीले निकै कुराहरुमा बदलिदों परिस्थिति को सिर्जना गरेको छ । कोरोनाको भयलाई परास्त गर्दै जिवन सामान्यीकरण गर्नका लागि अब हाम्रा दैनिक बानि एवं ब्यवहारमा परिवर्तन गर्नु पर्ने अवस्था आएको छ । कोरोनाको प्रभाव हामी माझ लामो समयसम्ंम रहने निश्चित प्राय भईसकेको छ । अर्कौ तर्फ हेर्ने हो भने सबै वर्ग, जाति, समुदाय, पेशाका मानिसहरु यसको संक्रमण हुन सक्ने संभावनाबाट त्रसित छन् । स्वास्थ्यलाभ गर्ने र आफ्ना परिवारका अन्य सदस्यहरुलाइ संक्रमितहुनबाट रोक्ने भन्ने कुराले चिन्तित छन् । यस्तो अवस्थामा मानिसहरुमा प्रतिरोधात्मक क्षमता विकास गर्दै भाइरससंग लड्न सक्ने बनाउनु, रोकथामका उपायहरु अपनाउनु साथै समयमा सहि किसिमको उपचार प्राप्त गराउनु सबै चुनौतीका विषय नै हुन् । यस्तो परिस्थितिलाई राम्रोसंग व्यवस्थापन गर्नुपर्ने अर्को चुनौती हो । यस्तो अवस्थामा नयाँ स्वास्थ्य प्रणाली र स्वास्थ्य सुविधा, सामाजिक सदभावका साथ साथै अव कस्तो तरिकाले अगाडि बढ्ने भन्ने अभ्यास गर्नु अत्यावश्यक देखिन्छ । यो अवस्थामा खर्च बेहोर्न सकिने गरि स्वास्थ्य सुविधाहरु सबैजनालाई पर्याप्त रुपमा व्यवस्था गर्नु पर्दछ । कोभिड १९ सगंसगैं हाम्रो दिनचर्यालाई सामान्यीकरण गर्दै नयां तरिकाले जिउनुपर्ने समय आएको छ ।

बानी व्यबहार र हाम्रा दैनिकीमा परिवर्तनः गर्न के गर्नु पर्ला ? साथीहरुसंगसंगै बसेर घुलमिल हुने , रमाइलो गर्ने, रेष्टुरेन्ट जाने, जमघट गर्ने , पिकनिक जाने जस्ता अभ्यास लाई परिवर्तन गर्दै सामाजिक (भौतिक) दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रर्योग, छलफल, जमघटमा सामाजिक दुरीे कायम, साबुन पानीले नियमित हात धुने बानी बसाल्ने जस्ता ंिवषयमा संवेदनशील भई अभ्यास गर्ने । यसका अलावा हामीले धेरै ठुलो भिडभाडमा उपस्थिति नहुने र परिवारका सदस्यहरु भन्दा बाहिरको उपस्थिती कम गर्नु पर्दछ । मानवशास्त्री सुरेश ढकाल हाम्रा बानी व्यवहारका बारेमा थप कुरा यसरी राख्दछन्, “६ फिटको दुरी कायम गर्ने गर्ने सामाजिक सदभाव कायम गरेर आपसी सौहाद्रता बढाउनु पर्ने सल्लाह दिन्छन्” ।

अबको सामान्य नयाँ स्वास्थ्य प्रणाली र स्वास्थ्य सुविधाः कोभिड १९ को महामारीमा विषम परस्थितिमा कसरी स्वास्थ्य सेवाका प्रभावकारी बढाएर जानु र हामीलाई समयानुकुल परिवर्तन गर्नु पर्ने हुन्छ । यस महामारीका बिरुद्ध बिशेष रोगको पहिचाहन, ल्याबको व्यबस्था, स्वास्थ्य सूचना प्रणालीको विकास, आनीबानी र व्यबहार परिबर्तनकालागी आवश्यक चेतानामुलुक संचार र समुदायको सहभागितामा जनस्वास्थ्य क्षेत्रको बिकास र बिस्तार तथा लगानी गर्न सकिन्छ ।

स्कुल शिक्षा र शिक्षण बिधिमा अबको सामान्य बनाउनः आफ्ना नानीहरु, बाल बालिकाहरुसंगसंगै बसेर अब कसरी यस महामारीलाई सामान्य बनाउन सकिन्छ भनेर छलफल गर्नुस् र अनलाईन (डिजिटल) प्रविधीबाट पढाई हुने विषयहरुमासंगै बसेर सबैले देख्ने गरी कम्प्युटर वा मोवाइलहरुमा बसेर पढ्न प्रोत्साहन गर्नुस् जसवाट विद्यार्थी भाइ बहिनी वा छोरा छोरीहरुले तपाईंको अभिभावकत्व महसुस गरुन् । आन्तरिक तथा बाह्य बसाइ सराई आप्रवास र गल्फ देशहरुबाट फर्केर आएका व्यक्तिहरुको समूचित आप्रवासनको व्यवस्थापन गर्नका लागि सबैभन्दा जरुरी छ । अबको युवाहरु पुँजी र सीप सहित फर्किएकाले उनीहरुको सही व्यस्थापन र रोजगारी का लागि प्रयाप्त अवसरहरु सिर्जना गर्नु पर्छ । ग्रामिण र काँठ क्षेत्रका वस्तीहरुमा ग्रामिण अर्थतन्त्रको पुर्नर्जीवत, साना मध्यम तथा मझौला उद्यम क्षेत्रहरुको विकास गरेर वा आहिले भएकालाई सरंक्षण गरेर अबको अबको सामान्य अर्थात् (न्यु नर्मल) जनजिवन बनाउन सकिन्छ ।

डिजिटल प्रविधिको प्रयोग अबको सामान्यमाः न्यू नर्मल अर्थात् अबको सामान्यमा सबैभन्दा महत्वपूर्ण क्षेत्रको रुपमा बिकसित डिजिटल प्रबिधि हो । आजकाल सर्वत्र हामीहरुले देखेका छौं कि जुम, गूगल, स्कायेपी तथा विभिन्न सामाजिक संजालहरुबाट हामीहरु एक अर्कासंग जोडिएका छौं । यो ‘न्यू नर्मल’ को महत्वपूर्ण पाटो हो जहाँ हामीले हाम्रा डिजिटल सबै खालका साधनहरु का पासवर्डहरु सुरक्षित राख्नु पर्दछ । सबै खाले भिडियो कन्फेरेन्स कलहरु सुरक्षित अनलाईन तरिकाले संचालन गर्ने, अनावश्यक गलत सुचना र अफवाह हरुको पछाडि नलागि सत्य र तथ्य सूचना हरुको विश्लेषण गरेर मात्र तेस्को प्रयोग गर्नु पर्दछ । आफ्नो कम्पुटर तथा अन्य साधनहरुमा रहेका तथ्यांकहरु समय समय मा ब्याकअप गरि विभिन्न तथ्यांकहरुको नोक्सानी हुनबाट बचाउनु पद्र्छ । ब्याकअप गरि विभिन्न तथ्यांकहरुको नोक्सानी हुन बाट बचाउनु पद्र्छ । अबको अवस्था सामान्य बनाउनमा हाम्रो बैंकिङ क्षेत्रको अनलाईन प्रयोग बिधि पनि अति नै सुरक्षित हुन जरुरी छ । यसकालागी सुरक्षित र भरपर्दो अनलाईनहरुबाट मात्र बैंकिङ कारोवार गर्ने, बैंक मा आफ्नै उपस्थितीको सट्टा क्रेडिट वा डेबिटकार्डहरुको प्रयोगको वानी बिस्तार, विश्वसनीय मुद्रा सटही र सिधै बिक्रेताहरूबाट खरिद गरी विश्वासिलो बजार र माग र आपूर्तीको प्रबन्ध गरी आफ्नो बित्तिय कारोवार सुरक्षित गर्न सकिन्छ ।

ग्रामिण अर्थतन्त्र पुनर्जिवितः त्यसैगरी विदेशमा रोजगारीको अबसर बाट बञ्चित भएर फर्किएका युवा युवतीहरुले रोजगारीको नयाँ अवसरको खोजी गर्ने , आफ्नै लगानी बा युवा स्वरोजगार कार्यक्रमको माध्यमबाट आयमुलक साना एवम् मझौला किसिमका व्यवसायहरु गर्न सकिन्छ । आफ्नो जमिनमा परिवारलाई खान पुग्ने सागसव्जी उब्जाउने गर्नाले समयको सदुपयोगको साथै पैसाको बचत गर्न सकिन्छ । ग्रामिण जीवनलाई कम महत्व दिने र काम भए पनि नभए पनि शहरै जानुपर्छ भन्ने मानसिकता भएका समुहहरुलाई अहिले आफ्नो गाउँको महत्वका अनुभूती भईराखेको छ । गाउँबाट यूवा पुस्ताहरु पलायन भएपछि धेरै वर्षदेखि एक्लिएका बृद्ध अभिभावकहरुसंग कोभिडका कारणले उनीहरुका सन्तानहरुका पुनर्मिलन भएको छ । अहिले युवाहरुले गाँउमा नै विभिन्न सम्भावित अवसरहरु पहिल्याएका र गाँउमा बसेर गर्न सकिने पेशाहरु अपनाउन थालेका पनि छन् । यस्तो जनशक्तिको सदूपयोग गर्न सके ग्रामिण अर्थतन्त्रमा सकारात्मक परिवर्तन आउन धेरै मद्दत पुग्छ । अनावश्यक रुपमा गफिएर बस्नु वा सामाजिक सञ्चालनमा अतिशय रुपमा समय बिताउनाले आर्थिक हानिका साथै आफ्नो व्यक्तित्व विकासमा समेत बाधा पुग्दछ ।

सकारात्मक सोच जसले अबको नयाँ अवसरः कोभिड १९ को कारणले गर्दा मानिसहरुले विभिन्न किसिमको चुनौतीहरुको सामना गरिराख्नु परेको छ । सामान्यतया मानिसहरुको नियमित दिनचर्या धेरैनै फरक भएको अवस्थामा मानिसले असजिलो महशूस गर्नु स्वभाभिक नै हो । खास गरी यस समयावधिमा सधै रोजगारीमा बाहिर निस्कने समूहका व्यक्तिहरु , स्कूल कलेज जाने बालबालिका तथा यूवाहरु घर वा कम्पाउण्ड भित्र बस्न बाध्य भए । रिक्रिएसनको लागि घर बाहिर गएर रमाउन बानी परेका समूहरु पनि मन परे पनि नपरे पनि घरभित्र नै रहनुपर्ने अवस्थाको सिर्जना जुन कोभिड १९ ले ल्याएका समाजका चूनौती हुन् । यसका साथै कोभिड १९को कारणले भएको लकडाउन एवम् सामाजिक दुरी कायम गर्नै पर्ने अवस्थाले सिर्जना गरेका सकारात्मक पक्षहरुले हामीलाई नयाँ नयाँ अवसरहरु प्राप्त भएका छन् । उमेर र पेशा एवम् आफ्नो रुचीअनुसार हामीले आफुलाई मनपर्ने काम गरेर उत्पादनशील र सृजनशीलताका साथ समयको सदुपयोग गर्न सकिन्छ । यस्ता छनौटमा विभिन्न विषयको अध्ययन, भर्चअल सिकाइ , तालिम, संगीत सिक्ने र अभ्यास गर्ने, पेन्टिङ, करेसाबारी एवं कौशीखेती, ईलाईब्रेरीको माध्यमबाट विभिन्न किताबहरुको अध्ययन गरी ज्ञानको दायरा बढाउने कामहरु शहरी क्षेत्रमा गर्न सकिन्छ ।

योग तथा प्रतिरोधात्मक क्षमता अभिबृद्धिः योगले मानिसलाई सक्रिय र उर्जाशील जिवन बाँच्नको लागि मद्दत गर्दछ । सामान्य अवस्थामा पनि नियमित रुपमा योगाभ्यास गर्ने गर्नाले मानिसमा शारिरीक तन्दुरुस्ती रहने, मनमा उत्साह बढ्ने, मनमा नकारात्मक विचारहरु आफु शारिरीक तथा मानसिक रुपमा स्वस्थ्य भएपछि जीवनमा आईपर्ने जस्तो सुकै कठिनाइलाई सहजताका साथ सामना गर्ने क्षमतामा समेत अभिबृद्धि हुन्छ । योगाभ्यासले वयस्क तथा बृद्ध महिला पुरुषहरुको उर्जाशक्ति बढाउछ । साथै बालबालिका , किशोर किशोरीहरुमा रहेको उर्जा शक्तिलाई सहि दिशा निर्देश गरि उनिहरुलाइ सिर्जनात्मक बनाउन मद्दत गर्दछ । कोभिडको समयमा धेरै मानिसमा मानसिक विचलन बढेको पाइन्छ जसको परिणाम स्वरुप समाजमा घरायसी झैझगडा घरेलु हिंसा र आत्महत्याका घटनाहरुको संख्या बढ्दो छ । यि सबैको मूख्य कारण आफ्नो मनलाई नियन्त्रणमा राख्न नसक्नु नै हो । केहीबेर योगाभ्यास र ध्यान नियमित रुपले गर्दा आफ्नो शरिर र मनमा सकारात्मक परिवर्तन आउँछ र मानिस गलत काम गर्नबाट रोकिन्छ । समाजमा रहेका सबै वर्ग र उमेर समुहका मानिसहरु, बालबालिका , किशोरकिशोरीहरुमा यस्ता विषयमा जनचेतना जगाइ उनीहरु अभ्यास गराउन पहल गर्नुपर्दछ । कोभिड संक्रमित भइसकेका र संक्रमित हुने प्रवल संभावना भएका विशेष गरि फ्रन्टलाइनमा बसेर सेवा प्रदान गरी राखेका स्वास्थ्यकर्मी, राहत वितरणमा संलग्न मानिसहरुलाई योग तथा प्राणायमका अभ्यासले प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्न धेरैनै सघाउँदछ ।

सामाजिक सदभावको बिकासः अबको सामान्यमा नयाँ हाम्रा रितिरिवाज, धर्म संस्कृतिहरु, जन्म, बिबाह मृत्यु जस्ता विषयहरुमा पनि ‘न्यू नर्मल’ मा फरक तरिकाले अपनाउनु पर्ने हुन्छ । सबैभन्दा संबेदनसिल बिषय कोबिड १९ बाट मृत्यु हुनेहरुका कारणले जनसमुदायमा निकै नै भ्रमहरु सिर्जना गरेको छ । यस्ता विषयमा अफवाहको पछि नलागी आफ्नो सुरक्षालाई ख्याल गर्दै समाजमा भइराखेका अवहेलनाका घट्ना साथै कोभिड र यसको संक्रमणबाट हुनसक्ने खतरा एवम् संबेदनशीलतालाई नबुझी जथाभावि गर्ने समुदायमा मिडिया एव सामाजिक संजालको माध्यमबाट सक्दो सचेतना जगाउन आवश्यक छ ।

कोभिड सर्छ भन्ने आशंकाले मात्र मानिसहरु प्रति गरेका अमानबीय व्यवहारहरुलाई सुधार गर्नु आवश्यक छ । समाजको अर्को पक्ष अवलोकन गर्दा व्यवसायिक मानिसहरु, स्कुल कलेज जाने उमेर समुहका सवैमा वेभिनार कल्चर बढ्दै गएको पाइन्छ । यसका सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । कोभिडको समयमा पनि घरै बसेर काम गर्ने, अध्ययन अध्यापन गर्ने अभ्यास बढेको छ, अर्काेतर्फ हेर्दा घरभित्रै पनि परिवारका सदस्यहरुले एक आपसका लागि समय दिन नसकेको अवस्था छ । यसको सबैभन्दा मार बालबालिका र बृद्ध अवस्थाका अभिभावकहरुमा परेको छ । परिवार एकै ठाउमा भएर एकाकीपनको महशुस हुने, बालवालिकाहरु इन्टरनेटको माध्यमबाट खेलिने खेलहरु जस्तै अहिको पब्जी, टिकटकको अतिशय प्रयोग जस्ता कुलतमा फस्ने गरेका छन् । यस्ता किसिमका व्यवहारबाट मुक्त रहेर स्वस्थ्य समाजको निर्माण गर्नको निम्ति परिवार देखि समाजको स्तर सम्म सजग रहनु पर्दछ ।

उपसंहारः कोभिड १९ ले विश्वभरी नै प्रभाव पारेको अवस्था छ । हामीले अन्य मुलूकमा भएका सकारात्मक र नकारात्मक अभ्यास र तिनले पारेका प्रभावलाई मनन ्गर्दै कसरी सुरक्षित रहने, आगामी दिनमा के कस्ता सुरक्षा विधि अपनाउने सकिने राम्रा कुरालाई कसरी व्यवहारिक रुपले अभ्यासमा ल्याउने जस्ता विषयमा सचेत हुनु पर्दछ । समाज प्रभाव पार्न सक्ने व्यक्तित्व, संघ संस्थाहरुले अबको नयाँ अभ्यासलाई स्वस्थ्य र प्रभावकारी बनाउने भूमिका खेल्नू आवश्यक छ ।
व्यक्तिगत रुपमा पनि सकारात्मक अभ्यासहरु गर्दै जानाले समुदायमा परिवर्तन ल्याउन सकिन्छ ।
राम्रा अभ्यासहरु जस्तै सिर्जनशील कामहरु गर्ने, आफेनो क्षमता र दक्षतामा अभिबृद्धि गर्ने जस्ता क्रियाकलापलाई जनस्तर माँझ पुर्याउनु जरुरी छ । त्यसैगरी सामाजिक दुरी कायम राख्दै सम्पूर्ण व्यवसाय, उद्योग धन्दा, खेती किसानीलाइ निरन्तरता दिनु अहिलेको टड्कारो आवश्यकता हो ।

 लेखक नहकुल के.सी. स्थानिय शासन तथा गरिवी निवारण विज्ञ र कल्पना मिश्र अन्र्तराष्टिय तनाव व्यवस्थापन एव करर्पोरेट योग प्रशिक्षक हुन् ।

Advertisement

3 प्रतिक्रिया

  • दीपक श्रेष्ठ

    पठनीय र व्यवहारिक लेख । नहकुल सर र कल्पना म्याड्मलाइ धन्यवाद ।

  • Devraj Mishra

    समसामयीक विषयमा लेखिएको लेख अत्यन्तै महत्वपूर्ण र राम्रो लाग्यो ।

  • Devraj Mishra

    समसामयीक विषयमा लेखिएको लेख अत्यन्तै महत्वपूर्ण र राम्रो छ ।

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल