कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि

काठमाडौं, ३० असार । दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वन बढाएको हो। योसँगै नेपालीको पनि तलब बढेको हो।

मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रतिनिधि तथा सरकारी कर्मचारीको पटक पटकको बैठकले प्रतिघन्टा १३० वन अर्थात् हालको ज्यालाअनुरुप १।५ प्रतिशत ज्याला वृद्धि गर्ने निर्णय गरेको हो ।

निर्णयानुसार सन् २०२१ देखि प्रतिघन्टा न्यूनतम ज्याला ८ हजार ७२० वन पुग्ने छ। अर्थात् अब कोरियामा रोजगारी गरिरहेका नेपालीको न्यूनतम ज्याला प्रतिघण्टा ८७० रुपैयाँ पुग्नेछ।

महिनामा २०९ घण्टा श्रम पूरा गर्ने मजदूरको न्यूनतम तलब लगभग १ लाख ८० हजार रूपैयाँ अर्थात १८ लाख २२ हजार ४८० वन पुग्नेछ। सन् २०२० लागि २।९ प्रतिशत वृद्धि भएको तलब यस वर्ष भने कम वृद्धि भएको हो।

कोरोना माहामारीका कारण कतिपय कम्पनी चल्न मुस्किल भएकाले पनि तलब वृद्धि कम भएको हुन सक्ने बताइएको छ।

कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन्।

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द गरेपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले उडान सञ्चालन गर्नुपर्ने माग गर्दै आज माइती घर मण्डलामा प्रदर्शन गरेका हुन्।

कोभिड–१९ को जोखिम बढ्दै गएपछि सरकारले गत चैत ११ गतेदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गरेको छ । प्रदर्शनमा सहभागीले ‘कि रोजगारी दिनुपर्‍यो, कि कोरिया जान दिनुपर्‍यो’ र ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान नियमित गरियोस्’ लेखिएका प्ले कार्ड बोकेका थिए।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल