परराष्ट्रको स्पष्टीकरणः प्रधानमन्त्रीको अभिव्यक्तिमा कुनै राजनीतिक सम्बन्ध छैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार रामको जन्मभूमिबारे दिएको अभिव्यक्तिमा कुनै राजनीतिक सम्बन्ध नभएको र कसैको भावनालाई चोट पुर्‍याउन नभनिएको परराष्ट्र मन्त्रालयले बताएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा परेपछि परराष्ट्र मन्त्रालयले यस्तो स्पष्टीकरण दिएको हो । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त भनाइको बचाउ गरेको हो ।

प्रधानमन्त्री ओलीको उक्त भनाइ अयोध्याको महत्व र यसले बोक्ने सांस्कृतिक मान्यतालाई कमजोर बनाउनु नभएको जिकिर गर्दै परराष्ट्र मन्त्रालयले राम, रामायण र उक्त सभ्यतासँग जोडिएका थप तथ्य फेला पार्न विभिन्न साँस्कृतिक ठाउँको थप अध्ययन र अनुसन्धान गर्नुपर्ने कुरालाई प्रधानमन्त्रीले जोड दिएको दाबी गरेको छ ।

दुई वर्षअघि दुवै देशका प्रधानमन्त्रीले जनकपुर–अयोध्या बस सेवाको उद्घाटन गरेको स्मरण गर्दै मन्त्रालयले हरेक वर्ष विवाह पञ्चमीको दिन अयोध्याबाट जनकपुरमा जन्ती आउने कुराको उल्लेख गरेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल