सामाजिक न्याय, जलवायु परिवर्तन र स्थानीय उद्यमशीलताको विशेष संवादमा अमेरिकी वैज्ञानिक बिम्झना

काठमाडौं, ३० असार । सूचना चौतारी सञ्चार सहकारी संस्था लि.बाट सञ्चालित हरेकपल डटकमले सामाजिक न्याय, जलवायु परिवर्तन र स्थानीय उद्यमशीलताको अभियान अन्तर्गत विशेष सामाजिक संवादको श्रृंखला शुरु गर्ने भएको छ ।

भोलि असार ३१ गते (१५ जुलाई) बुधबार नेपाली समयअनुसार बिहान ७ बजेदेखि शुरु हुने कार्यक्रम हरेकपल डट कमको फेसबुक पेज https://www.facebook.com/harekpal बाट प्रत्यक्ष प्रसारण हुनेछ । त्यसैगरी उक्त कार्यक्रम हरेकपल डट कमको युट्युव च्यानल https://www.youtube.com/c/harekpaltv मा पनि राखिने भएको छ । कार्यक्रममा होमराज आचार्य र विपिन शर्मा सहजकर्ताकोरुपमा रहनुहुनेछ ।

विशेष सामाजिक संवादको पहिलो श्रृंखलामा अमेरिकी वैज्ञानिक बिम्झना विश्वकर्मा अतिथि हुनुहुन्छ । उहाँ हार्वर्ड विश्वविद्यालयबाट बायो टेक्नोलोजीमा डिग्री र वेक फॉरेस्ट युनिभर्सिटी स्कूल अफ मेडिसिनको ड्रग रेसिस्टन्समा क्यान्सर बायोलजी र बायोकेमिस्ट्रीमा स्नातकोत्तरको साथ एक अनुसन्धानकर्ताको रुपमा कार्यरत हुनुहुन्छ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल