विराज समाजको पहलमा मिर्गाैला रोगी मगरलाई आर्थिक सहयोग प्रदान

असार ३०, काठमाडौँ । विराज समाजले दुवै मिर्गाैला फेल भएका ओखलढुंगाका सन्तोष मगरलाई उपचारका लागि आर्थिक सयोग गर्न पहल गरेको छ ।
सिद्धिचरण नगरपालिका वडा नं. ६ जन्तरखानीका २८ वर्षे मगरको काठमाडौंको नेपाल मेडिकल कलेजमा उपचार हँुदैछ । नियामित डाइलोसिस गर्नुपर्ने मगरको उपचारका लागि जन्तरखानी घर भई हाल जापानमा बसोबास गर्ने टेकबहादुर थापामगर र उनकी पत्नी जापनीज नागरिक कुमिको थापा मगरले रु ९६ हजार नौ सय पचास प्रदान गर्नु भएको छ ।

विराज समाजको तर्फबाट रु पाँच हजारको कोष स्थापना गरी सन्तोष बचाँऊ अभियानमा समाजका आजीवन सदस्य जन्तरखानी निवासी रामकृष्ण मगर मार्फत रु २४ हजार सात सय १० रुपैयाँ जुटेको छ । विराज समाजको कार्यालयमा एक कार्यक्रम आयोजना गरी समाजले संकलित रकम रु १ लाख २६ हजार ६ सय ६० रुपैयाँ मृगौला रोगी थापामगरको परिवारलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष रामप्रसाद दाहालले जानकारी दिनुभयो ।

सन्तोषको उपचारमा समाजले पहल गरिरहेको समेत बताउँदै दाहालले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्तो मानवीय सेवामा सहयोग गर्न देश तथा विदेशमा रहनु भएका समाजका सम्पूर्ण सदस्य तथा शुभेच्छुकलाई अनुरोध दाहालले गर्नु भएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल