धनलाई कसरी वृद्धि गर्न सकिन्छ ?हेर्नुहोस् आजको नीति वचन

प्रमादः सम्पदं हन्ति, प्रश्रयं हन्ति विष्मयः ।
व्यसनं हन्ति विनयं, हन्ति शोकश्च धीरताम् ।। –कुन्दमाला, ३।२

प्रमाद गर्नाले सम्पत्ति नष्ट हुन्छ, प्रश्रयले विस्मयको नाश गर्दछ, व्यसनले विनयको नाश गर्छ भने धैर्यले शोकलाई नष्ट गर्दछ ।

प्रमाद सम्पत्तिको विनाशक हो । जसले प्रमाद गर्छ उसले सोको दुष्परिणम पनि भोग्नु पर्दछ । त्यसैले धनी भएँ भन्दैमा अहंकारी बन्नुहुँदैन । यसैगरी प्रश्रय अर्थाात् नम्रभावले विस्मयलाई मेटाउछ । त्यसैले विनयी र नम्र बन्न सक्नु पर्दछ । व्यसनमा लाग्नु पनि गलत कार्य हो । जसले विनयलाई नष्ट गराएर मान्छेलाई अहंकारी बनाइरहेको हुन्छ । यसैगरी जीवनमा धैर्यता लिन सक्नु पर्दछ । यसले शाोक शमन गर्ने शक्ति समेत प्रदान गर्दछ । अतः हामी प्रमाद र व्यसन रहित नम्र र धैर्य रहनुपर्छ भन्ने नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल