आज बुधवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आषाढ ३१ गते

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल आषाढ महिनाको ३१ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जुलाइ महिनाको १५ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको दशमी तिथि राति ८।३३ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । भरणी नक्षत्र दिवा ४।२ बजेसम्म रहनेछ । यसैगरी शूल योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ५।१९ मा छ भने सूर्यास्त बेलुका ६।५९ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा छन् ।

आज बुधवार लक्ष्मीनारायण भगवान्को उपासना साथै हरिया वस्तुको प्रोग लाभप्रद रहनेछ । यसैगरी आज बिहान ७।४३ देखि राति ८।३३ बजेसम्म भद्रा रहनेछन् । भद्रामा काम्य विशेष शुभकर्म वर्जित रहन्छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल