हामी किन सत्यको पक्षमा उभिनुपर्छ ? हेर्नुहोस् आजको नीति वचन

अग्निना सिच्यमानोऽपि वृक्षो वृद्धिं न चाप्नुयात् ।
तथा सत्यं विना धर्मः पुष्टिं नायाति कर्हिचित् ।।
–नीति वचन

सत्य विना धर्मको पुष्टि हुन सक्दैन । सत्य भनेको वृक्ष हो । वृक्षका निम्ति सत्य पानी हो भने असत्य आगो हो । आगो सिंचेर वृक्षको उन्नति कदापि हुन सक्दैन ।

सत्यले धर्मको पुष्टि गरिरहेको हुन्छ । सत्य विना धर्म झाँगिन सक्दैन । यी दुवै एक अर्काका परिपूरक हुन् । जसरी विरुवालई आगो लगाउदा नाशिन्छ । त्यसैगरी असत्यले धर्मलाई नाश गर्दछ । असत्य भनेको आगो हो । आगोले जसरी बिरुवालई नष्ट गर्दछ त्यसैगरी असत्यले धर्मलाई नाश गरिहेको हुन्छ । त्यसैले धर्म संरक्षणका लागि सत्य आवश्यक हुन्छ भन्ने नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल