आज मंगलवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् आजको दिन २०७७ आषाढ ३० गते


हरेकपल July 13, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल आषाढ महिनाको ३० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जुलाइ महिनाको १४ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ (एक अर्व ९५करोड, ५८ लाख ८५ हजार १२१ वर्ष) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको नवमी तिथि बेलुका ६।४९ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अश्विनी नक्षत्र दिवा १।३८ बजेसम्म रहनेछ । यसैगरी धृति योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।१९ मा छ भने सूर्यास्त बेलुका ७।०० बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा छन् ।

आज मंगलवार गणेशजी एवं हनुमानजीको उपासना गर्ने उत्तम दिन हो । यसैगरी आज गणेशजीलाई लड्डु एवं दुवोको अर्पण लाभदायी रहनेछ । मंगल ग्रहजन्य दोष निवारणका निम्ति आज ॐ अंगारकाय नमः भन्ने मन्त्र जप पनि लाभदायी रहनेछ ।