कस्ता व्यक्ति विरलै भेटिन्छन् ? हेर्नुहोस् आजको नीति वचन

शतेषु जायते शूरः सहस्रेषु च पण्डितः ।
वक्ता दशसहस्रेसु दाता भवति वा नवा ।।
– नीति वचन

सय जनमा एक बीर भेटिन सक्छ, हजार जनामा एक विद्वान प्राप्त हुनसक्छ यसैगरी दस हजार जनामध्ये एक असल वक्ता भेटिन्छ भने दाता अर्थात् दानी व्यक्ति त प्राप्त हुन पनि सक्छ नहुन पनि सक्छ ।

वर्तमानको समय र परिस्थिति भिन्न छ । यही भिन्नतालाई नै देखेर नीतिकारले यस्ता नीति वचन रचना गरेका होलान् । सयजनमा एक जना बीर हुन सक्छन् । बीर व्यक्ति भन्दा विद्वान्को अप्राप्यता दर धेरै छ । अर्थात् हजार जनामा एक विद्वान प्राप्त हुन्छन् । विद्वानमा पनि असल वक्ता दशहजार जनामध्ये एक व्यक्तिमा प्राप्त हुन्छ । यसैगरी वक्ता भन्दा पनि यहाँ दाताको अभाव छ । दाता भनेको दानी व्यक्ति हो । दानी व्यक्तिलाई त बत्तीबालेर नै खोज्नु पर्छ । संसारमा दानीव्यक्तिको अभाव छ । हुन पनि सक्छन् नहुन पनि सक्छन् भन्ने नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल