आज सोमवार, भानुजयन्ती पनि हेर्नुहोस् आजको दिन २०७७ आषाढ २९ गते

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल आषाढ महिनाको २९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जुलाइ महिनाको १३ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ (एक अर्व ९५करोड, ५८ लाख ८५ हजार १२१ वर्ष) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको अष्टमी तिथि दिवा ४।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । रेवती नक्षत्र दिवा ११।२ हनेछ । यसैगरी सुकर्म योग योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।१८ मा छ भने सूर्यास्त बेलुका ७।०० बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा छन् ।

आज सोमवार शिवजीको उपासना लाभदायी रहनेछ । यसैगरी आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती हो । नेपाली भाषामा रामायण लेखी भाषा साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएका आचार्यको जन्म वि.सं. १८७१ असार २९ गते तनहुमा भएको थिया । उनका भक्तमाला, बधूशिक्षा, प्रनोत्तर आदि कृतिहरू पनि उत्तिकै प्रख्यात छन् । वि स. १९२५ असोज ६ गते परलोकी भएका आचार्यको आज विशेष स्मरण गरिन्छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल