सफलताका सूत्र के के हुन् ? हेर्नुहोस् आजको नीति वचन

वाणी सरस्वती यस्य, यस्य श्रमवती क्रिया ।
लक्ष्मीः दानवती यस्य, सफलं तस्य जीवितम् ।।
– हितोपदेश

जसको बोली मीठो छ, जो परिश्रमपूर्वक कार्य गर्छन् र जसको धन दानका निम्ति प्रयोग हुन्छ उसैको जीवन सफल हुन्छ ।
जीवनलाई सार्थक र सफल बनाउन विशेष कुरा अपरिहार्य रहन्छन् भनेर बताइएको छ ।
जीवनमा सफलता प्राप्तिको पहिलो सूत्र भनेको बोली वचनमा मिठास हो । वोली र वचन सरल एवं मिठास हुने व्यक्तिले जीवनमा चाडै उन्नति गर्दछन् ।
यसैगरी परिश्रमपूर्वक कार्य गर्ने व्यक्तिले पनि जीवनमा उन्नतिका शिखर चढ्नसक्छन् भनिएको छ । जुनसुकै कार्यका पनि हरेक पक्षलाई केलाएर कार्यगर्ने प्रवृत्ति हुने व्यक्तिले जीवनमा चाडै उन्नति गर्दछन् ।
यसैगरी दान गर्नसक्ने व्यक्तिले पनि जीवनमा चाँडै उन्नति गर्दछन् भनिएको छ । हामी सामान्यतः दान गर्दा खर्च हुन्छ भनेर डराइरहन्छौँ । तर दान गर्नु पनि धनलाई बढाउनु नै हो । किनकि धन विनिमय गर्ने कुरा हो ।
अतः जीवनलाई सार्थक र सफल बनाउन बोलीमा मिठासता, कार्यमा लगन र दानर्गे प्रवृत्ति रहनुपर्दछ भन्ने नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल