आज रविसप्तमीव्रत, अष्टमीव्रत पनि आजै हेर्नुहोस् आजको दिन २०७७ आषाढ २८ गते

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल आषाढ महिनाको २८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जुलाइ महिनाको १२ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ (एक अर्व ९५करोड, ५८ लाख ८५ हजार १२१ वर्ष) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको सप्तमी तिथि दिवा २।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता वामन र मासदेवी कमला हुन् । सूर्य मिथुन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तभाद्रपदा नक्षत्र बिहान ८।२६ रहनेछ । यसैगरी अतिगण्ड योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।१७ मा छ भने सूर्यास्त बेलुका ७।०० बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा छन् ।

आज रविसप्तमीव्रतका साथै अष्टमीव्रत पनि आज नै परेको छ । आइतवार सप्तमी तिथि परेको दिन सूर्य भगवान्को उपासना लाभदायी रहने गर्दछ । किनकि सप्तमी तिथि र आइतवारका स्वामी साक्षात् सूर्यदेव रहनुभएको छ । यसैगरी अष्टमीव्रत अष्टमीयुक्त रात्रिकालीन समयमा रहने भएकाले आजै परेको हो । अष्टमीमा महाकाली भगवतीको उपासना गरिन्छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल