आज आइतवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७७ ज्येष्ठ २५ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको २५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जुन महिनाको ७ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत आषाढ कृष्णपक्षको द्वितीया तिथि राति ११।३१ बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । मूल नक्षत्र दिवा ३।५९ बजेसम्म रहनेछन् । यसैगरी शुभ योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।१० मा छ भने सूर्यास्त बेलुका ६।५७ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा छन् ।


आज आइतवार सूर्यभगवान्को उपासना लाभदायी रहनेछ । यसैगरी आज सूर्यलाई अर्घदानका सथै सूर्यका मन्त्र जप एवं पाठ शुभफलदायी रहनेछन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल