कर कसरी लगाउनुपर्छ ? हेर्नुहोस् आजको नीति वचन

Advertisement

पुष्पं पुष्पं विचिन्वन्वीत मूलच्छेदं न कारयेत् ।
मालाकार इवाऽऽरामे न यथाङ्गारकारकः ।।
–विदुर नीति, २।१८

जसरी मालिले फूलको बोट बचाएर फूल टिप्टछ राज्यले पनि प्रजालाई बचाएर कर लिनुपर्दछ । कोइला बनाउनेले जस्तो रुखै डडाएझै समूल नष्ट हुनेगरी प्रजालाई कर लगाउनु हुँदैन ।

राज्यले कर कसरी लगाउनुपर्छ भन्ने विषयमा महात्मा विदूरले गहिरो चिन्तन प्रस्तुत गरेकाछन् । बचाउने र बाँच्ने सिद्धान्तमा राज्य चल्न सकेन भने त्यो दीर्घकालीन हुन सक्दैन । जनता नै नतङ्ग्रिनेगरी लगाइएको करले राज्य दीर्घकालीन रूपमा सबल बन्न सक्दैन । जसरी बगैँचाको मालीले फूलटिप्दा रुख नै भाँच्यो भने त्यो विरुवाले अर्को फूल हाल्न सक्दैन । त्यसैगरी फूलको रूखले पुनः फूल फुलाउनेगरी मालीले फूल टिपेझैँ गरी राज्यले पनि कर लिनु पर्दछ । कोइला बनाउनेले रुखनै पोलेजस्तै जनतालई पनि जवर्जस्ती कर तिर्न लगाइयो भने राज्य व्यवस्थामा अस्थिरता रहन्छ भन्ने विदुरको नीति वचन मननीय छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल