एमसिसीको विरोधमा माइतीघरमा प्रदर्शन

Advertisement

काठमाडौं, २१ जेठ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेज गर्न माग गर्दै विभिन्न संगठनले बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सरकारले जेठ १५ गते ल्याएको बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित एउटा प्रशारण लाइनसमेत समावेश भएको छ ।

माइतीघरमा भएको प्रदर्शनमा विभिन्न दल निकटका भातृ संगठनका साथै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी स‌ंगठनको पनि सहभागिता थियो ।

नेपाल क्रान्तिकारी माओवादीको विभिन्न भातृ संगठनले पनि बुधबार नै माइतीघरमा प्रदर्शन गरेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल