जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न कांग्रेस सभापति देउवाको आग्रह

Advertisement

काठमाडौं, २१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न गरेको आग्रहलाई अवज्ञा गर्न आमसर्वसाधारणलाई आह्वान गरेका हुन् ।

राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता नभए जरिवाना लाग्ने बताएको छ । तर, व्यवसायीहरुले सरकारको सो निर्णयको विरोध गरेका छन् ।

लकडाउनका कारण समस्यामा परेका व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप कांग्रेस सभापति देउवाले लगाएका छन् ।

करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सरकारले सहजीकरण गर्नुपर्ने भन्दैदेउवाले भनेका छन्, ‘सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन ।’

लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याकंन गर्न र जेठ २५ भित्र कर तिर्न गरिएको ताकेता फिर्ता गर्न सरकारसँग माग गर्दै उनले भनेका छन्, ‘यो ताकेता स्थिति मूल्यांकन साथ संवादमार्फत समयावधि थप गर्न सरकार समक्ष माग गर्दछु ।’

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल