नेपाललाई विश्व बैंकले १२ अर्ब दिने

Advertisement

काठमाडौं, २१ जेठ, । विश्व बैंकले नेपालका लागि १० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ । कोभिड १९ को प्रभाव न्यूनीकरण तथा विद्यूत क्षेत्रको सुधारका विश्व बैंकले करिव १२ अर्ब रुपैयाँ ऋण सहायता स्वीकृत गरेको हो ।

विश्व बैंकले बुधबार दिएको जानकारीअनुसार बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकबाट ऋण सहायता स्वीकृत भएको हो । यो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट डिपिसी)अन्तर्गत प्राप्त भएको हो ।

विद्युत् क्षेत्रमा थप आर्थिक सम्भाव्यता खोजी गर्न गर्नुपर्ने नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैंकको सहायता उपयोग हुने बैंकले जनाएको छ । विद्युत क्षेत्रको अधिकतम सम्भावनाको खोजी गर्ने बैंकले उल्लेख गरेको छ ।

विश्व बैंकका कन्ट्रीम्यानेजर फरिस हदद जर्भोसले भरपर्दो, किफायती र दिगो विद्युतीकरण सम्बन्धी नेपाल सरकारको प्रतिवद्धतालाई विश्व बैंकले सहयोग गरेको उनले बताए । यो नेपालको गरिबी निवारण र समृद्धितर्फको यात्रामा समेत सहयोगी हुने उनको विश्वास छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल