संकटमा समयसीमा तोकेरै कर तिराउने निर्णय दरिद्र मनोविज्ञान : राणा

Advertisement

काठमाडौं, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले असाधारण संकटमा समयसीमा तोकेरै कर तिराउने सरकारको निर्णयले सरकारको दरिद्र मनोविज्ञान छर्लंग भएको बताएका छन् ।

बुधबार ट्विट गर्दै अध्यक्ष राणाले लोकहित र लोकसम्मतिविपरीत कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लंग भएको बताएका हुन् ।

उनको ट्विटमा भनिएको छ, ‘७२ दिनयता देश बन्दाबन्दीमा छ । बन्द व्यापार, व्यवसाय ठप्प छ । कर भनेको आम्दानी या सुविधाबापतको हो जबकि अहिले न आम्दानी छ न सुविधा, तै जेठ २५ भित्र कर तिर्न सरकारको उर्दी छ । अर्थमन्त्रीको अनर्थको धम्की लोकहित, लोकसम्मतिविपरीत छ । असफल सरकारको दरिद्र मनोविज्ञान छर्लंग भएको छ ।”

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल