लकडाउनका बेला कर सरकारको गैरजिम्मेवारीपनको पराकाष्ठाः नेपाली कांग्रेस

Advertisement

काठमाडौं, २१ जेठ । नेपाली कांग्रेसले लकडाउनका बेला कर बुझाउने सूचना जारी गर्नू गैरजिम्मेवारीपनको पराकाष्ठा भएको बताएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार विज्ञप्ति निकालेर लकडाउनका बेला सरकारले करको ताकेता गरी जनतामा पीडामाथि पीडा थप्ने काम गरेको बताएका हुन् ।

यसअघि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले करको अवज्ञा गर्न सामाजिक सञ्जालमार्फत आह्वान गरेका थिए ।

कोरोना महामारीको विषम र असहज परिस्थितिमा सरकारले आमनागरिकमा पीडामाथि पीडा थप्ने कार्य गरेको र यो अत्यन्त निन्दनीय भएको खाँणले उल्लेख गरेका छन् ।

खाँणले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनले व्यापार, व्यवसाय, यातायात क्षेत्रलगायत ठप्प छ। यस्तो विषम परिस्थितिमा पनि सरकारले लकडाउनको समयभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अस्वभाविक, अप्राकृतिक, अव्यवहारिक र गैरजिम्मेवारपनको पराकाष्ठा हो ।’

उनले श्रमिक वर्ग, किसान र बन्द भएका सानादेखि ठूला उद्योगधन्दालाई विशेष राहत प्याकेज दिन माग गर्दै त्यसको विपरीत करका लागि ताकेता गर्नु सरकार जनताप्रति उदासीन रहेको प्रस्ट भएको बताएक छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल