किशोरावस्था जीवनकै जटिल समय हो

Advertisement

विश्व स्वस्थ्य संगठनको अनुसार एघार वर्ष देखि उन्नाइस बर्षको अवधिलाई किशोरावस्था भनिन्छ ।यो उमेर जीवनकै जटिल समय भन्ने गरिन्छ । यो उमेरमा शारीरिक मानसिक तथा भावनात्मक रुपमा तिव्र रूपमा विकास हुने गर्छ ।शरीरको विकासक्रम सँगसँगै मानसिक रुपमा परिपक्वतामा पनि विकास हुने गर्छ । यो समयमा आमा बाबुले बिशेष ध्यान दिन जरुरी देखिन्छ। किनकि यो समयमा ध्यान न दिनाले कुलतमा फस्न पुगेको देखिन्छ । म अहिले अठाईस वर्षको भए । मैले किशोरावस्थाको उमेर पार गरिसकेको छु । मेरो उमेरमा पनि परिवर्तन आएको थियो । रिस उठ्ने ।घरमा राम्रो कुरा कुरा गर्दा पनि नराम्रो लाग्ने ।पढ्न मन नलाग्ने । आफ्नै उमेरका साथीहरू सँग हिँड्न मन लाग्ने यो समय हो।

म जहाँ जान्छु । त्यहाँ गएर भन्ने गर्छु ।किशोरावस्था लागेका भाइ बहिनीलाई ।यो समयमा सजकता हुन आवश्यक छ ।जीवनमा मार्गनिर्देशन गर्ने पनि यहीँ उमेर हो। यो समयमा जस्तो छौ । त्यस्तै बन्नेछौ भविस्यमा । किशोरावस्थामै भविस्यमा के हुने भन्ने संकेत गर्छ । असल बाटोमा लाग्ने नलाग्ने पनि यो अवस्थामै हो।
म किशोरावस्थामै म सिर्जनशिल थिए । पुस्तक पढ्ने । सानो देखिनै साहित्य तथा लेखनमा रुचि थियो ।अहिले म सम्झिन्छु ।त्यो समयले संकेत गरेको थियो । जीवन सहि मार्गमा लानलाई परिवार र संस्कारले ठुलो हात हुने गर्दछ । त्यो भएर परिवारले पनि माया सद्भाव राखेर आफ्नो छोराछोरीको इच्छा आकांक्षा बुझेर उनीहरुलाई अगाडि बढ्नलाई प्रेरणा दिनुपर्छ । यहीँ समय मा खराब बाटो लागेका छन् । कुलतमा फसेका छन् । भोलि भविस्यमा राम्रो बाटोमा ल्याउन गाह्रो पर्छ ।

आमा बाबुले पनि छोराछोरीको मानसिक तथा भावनात्मक रुपमा ठेस पुग्ने कुनै कार्य गर्नु भएन। परिवार भित्रनै कलह झैझगडा छ ।मध्यपान धूम्रपान गर्छन् भने । छोराछोरीलाई असर पर्दछ ।विभिन्न तवरबाट परिवर्तन आइरहेको हुन्छ । त्यस् कारण विभिन्न कुराबाट उनीहरु गुज्रिरहेको हुन्छन् । अर्कोतर्फ यौन तथा प्रजनन विकास हुने गर्छ । विपरीत लिङ्गी तिर आकर्षण हुने । अपराधीक गतिविधि र कुसंगत लाग्ने सम्भावना बढी हुन्छ । यो उमेरको समुहलाई परिवारको माया स्नेहको खाँचोको आवस्यकता धेरै हुन्छ । जीवनलाई सार्थक बनाउन अनुशासन धर्य र तिमी अहिले जे छौ । भविस्य त्यही बन्ने छौ । जीवनलाई असल बनाउन उत्पेरणा दिई रहनुपर्छ । किशोरावस्थाको समुहको उमेरलाई अफ्ट्यारो र जटिल समय हो भन्छु ।उनीहरु जीवन प्रति र भविस्य प्रति सजक हुदैनन् । विभिन्न परिस्थितिमा बचाइ राख्न पर्दछ ।

भविस्यमा सफलता असफलता पाउने पनि त्यो अवस्थामा देखिन्छ । भन्ने गरिन्छ ुहुने बिरुवा चिल्लो पात।ु त्यो उमेरमै अनुशासन धर्यता छ । सहनशिल छ । यो कुरा गर्नु हुन्छ । यो कुरा गर्नु हुदैन । यो असल यो खराब हो भनेर छुट्याउन सक्छ । त्यही उमेर मै सबैभन्दा ठूलो ज्ञान प्राप्त गरेको हुन्छ । भविस्यमा चाहिने कुरा पनि हो । यो उमेरमा धूम्रपान मध्यमान गर्छ । संगत पनि राम्रो छैन । उसको भविस्य पनि अन्योल छ ।जीवनमा अति आवस्यक व्यवहारिक कुरा पनि सिकाउन आवस्यक । पहिलो पाठशाला उसको घर हो । आफ्नो छोराछोरी के बनाउने कस्तो बनाउनने परिवार संस्कारले गर्छ ।जस्तो बाताबरण हुर्केका छन् ।त्यस्तै प्रकारको व्यवहार गर्छन् । छोराछोरीको मनोविज्ञान बुझेर उनीहरुलाई गाली गलौज न गरेर । माया स्नेह दिएर । जीवनको यो जटिल समयलाई सहज हुने वातावरण सृजना गर्न आवस्यक छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल