विज्ञानलाई चुनौती दिएकै हो त !

Advertisement

विश्वका मानव हृदयले ज्ञानरूपी सामर्थ्यवानलाई खोजीरहेको छ, आत्तिएका यी मनहरूले पुकार गरिरहेकोे छ, मानवजातिका लागि कोही विज्ञ फरिस्ता बनेर आओस् र छिटोभन्दा छिटो औषधि पत्ता लगाएर यस जगतलाई भाइरस प्रकरणबाट मुक्त गराउन सफल होस भनेर। वर्तमान परिवेशमा विज्ञान तथा प्रबिधी यति द्रुत गतिमा दौडिरहेको बेला हामी आकाश, पतालका सम्पुर्ण गतिविधि क्षणभरमा देख्न र सुन्न पाइरहेका छौ, बैज्ञानिकहरूले ग्रह, उपग्रहमा मानव बस्ती बसाउने सोच देखि लिएर कयौं चमत्कारि कार्य गर्दै आएकोले यत्र, तत्र, सवत्र बिज्ञान नै अग्रपंक्तिमा भएर होला संसारका सर्बश्रेष्ठ प्राणि ढुक्क भएका थिए, हात धोेएर जाने शत्रुको ओखती अवश्य बन्छ भनेर, नहुन पनि कसरी हरदम, हरपल, हरेक क्षेत्रमा अनुसंधान, आविष्कार गरेर भावि सम्भावना र चुनौतीमाथि सफलता हात पार्दै जानुले बिज्ञानलाई सर्बश्रेष्ठ ठान्ने ती सबै हृदयले स्मरण गरे, बिज्ञहरूको मुख ताके, तर महिनौ भेैसकेको छ कोरोनाको ओखती पत्ता लाग्न सकेन, आज तमाम मनसपटलमा निराशा छाएको छ, हालको विषम परिस्थितिमा मानवजगतमा छटपटाहटको महशुस भएको छ,

यस बिपत्तिका बेला बिज्ञको हरेसपन र असफलता देखेर, खोप तथा डोेज पत्ता लाग्यो भनेर हल्ला मात्रै गर्नुले आशा पनि निराशामा परिणत हुन पुुुग्छ सबैको, सारा मनहरू विचलित हुनथालेका छन्, स्मरण हुन थाल्छ ६ करौड बर्ष अगाडीको इतिहास, जब डाइनोश्वर यस संसारबाट सदाका लागि लोप भएर गएका थिए, केवल अवशेस मात्रै संरक्षित छन्, यो जल्दोबल्दोे उदाहरण बनेको छ हामी समस्त मनुष्यजातीका अगाडी महिनोै भेैसक्यो चिनको वुहानमा कोरोनाको आगमन भएको, यसो मोबाइल खोल्यो, समाचार हेर्यो कि कोरोना यसो र त्यसो भनेर आइहाल्थ्यो त्यँहाको दर्दनाक, चिच्याहट वातावरणले संसारका अन्य मानवमा समेत त्रसित तुल्याएको थियोे , त्योे सन्नाटाले अन्य राष्ट्रहरूलाई पर्ख भनेर चेतावनी दिएको महशुस हुन्थ्यो, त्यँहाका बिज्ञहरूले ओहोरात्र औसधि पत्ता लगाउन कुनै कसुर छोडेनन् त्यो सबै बिफल हुदैगयो अझेै निरन्तरता दिएकै छ बाँदरमा टेष्ट गरी हर्दै छन् रे, बिगतका दिनमा पनि रोगहरू नफेैलिएका होइनन् तर यो रोग यति खतरा हुन्छ भनि कसले पो सोचेको थियो र, बेलैमा औसधि पत्ता लागिहाल्छ विकसित देशमा उत्पन्न भएको रोग त्यतिकै हराइहाल्छ भन्ने लाग्यो सबैमा, नलागोस पनि कसरी हरेक क्षेत्रमा अगाडी विकास तथा अर्थतन्त्रमा विश्वकेै अग्रपंतिमा पर्ने देश, दुरदर्शिता सोच भएका बिज्ञहरूको थलो, यतिसम्म कि प्रकाशका लागि किर्तिम सूर्यको आविष्कार गरेर सफल हुँदै गरेको देश, हात धोेएर जाने, मास्क लगाएर छेक्ने भाइरसको औसधि पत्ता नलगाउने त कुरै भएन भनेर चर्चा परिचर्चा हुनथाल्यो सबैतिर तर सबैको सोच र बिचारमा एक्कासी तुसारापात आउन गयो ।

चिनमा उत्पन्न भएको भाइरस त्यँही मात्र सिमित नरहि एकाएक विशाल ग्रेटवाल पार गरेर सानातिना राज्यलाई नाघ्दै ठुूला र विकसित राष्ट्रहरू इटाली, स्पेन, अमेरिका आदि जस्ता ताक्न पुग्यो इटाली त हेल्थ केयरकेै हिसाबले दुनियाँको दोस्रो दर्जा पर्ने देश, त्यहाँ पनि चनौति दियो यस्ले, स्वस्थ र लामो आयु भएका मानिसहरूको थलो, यो भाइरस देखा परेपनि रूघाखोकी जस्तै हो नि केही हुदैन भन्ने लाग्यो, हात मिलाउदै गए, अङकमाल गर्देै गए, हल्चक्र्याईका कारण चिन भन्दा पनि विकराल रूप लियो त्यहाँ, चिहानै चिहान बन्यो पुग्यो सबैतिर, उता अमेरिकाको पनि त्यही हाल बैज्ञानिकहरूको अनुसन्धान गर्ने थलो त्यही पस्यो यो, पहिलो पटक चन्द्रमामा पाइला टेक्न सफल भएकोे देश, अनुसन्धानको धरोहर नासा विश्वविद्यालय जहाँबाट नेपाली युवा बैज्ञानिक लुझेन्द्र ओझाले मंगल ग्रहमा पानी छ भनी पत्ता पनि लगाएका थिए ।

ग्रह, उपग्रह देखि लिएर समुन्द्र मुनिका कण कण पत्ता लगाउने क्षमता बोकेको देश, विश्व एकैछिनमा सखाप पार्ने एटम बम देखी वातावरण क्षण भरमै परिवर्तन गर्ने परमाणु बनाउन सफल देश, तर WHO का निर्णयको समेत अवज्ञा गरी आफ्नो अडानमा अडिकका कारण नसोचको झेल्नु पर्यो, विश्वका अन्य बैज्ञानिकहरूको अनुसंधान गर्ने आखडा भएकाले अवश्य भ्याक्सिन बनाउन्छन होला भनि चासोको बिषय बनेको थियो, तर एक्कासि त्यँही देश चाइनिज भाइरस भन्दै सिटामोलका लागि अरु राष्ट्र संग हारगुहार गर्न लागेको समाचारले छानाबाट खसे जत्तिकै भए सबै, सबैभन्दा धरै, तिब्र गतिमा मानव क्षति बेहोरिहेको छ अमेरिका, यो सरूवा रोग विश्वमा नै नियन्त्रण भन्दा बाहिर गइसकेको छ ।बिज्ञहरू पनि अताल्लिएका छन् ओखती पत्ता लागे पनि नियन्त्रणमा आउन निकै समय लाग्छ भनेर , कयौं तर्क बितर्क उब्जिन थालि सके हरेक हृदयमा आज, औसधि साच्चिकै पत्ता नलाग्ने नै हो कि १ औसधिको पहिचान भए पनि नियन्त्रणमा आउन कयौं बर्ष लाग्ने रे १ के कोरोनाले बिज्ञानलाई चनौती दिएकै हो त !

बिज्ञान तथा प्रबिधिकेै कारण कृषिका हलो, जातो, ढिकीका ठाँउमा नयाँ उपकरण, विद्यार्थीका पढाइमा लोप हुन लागेका सिलेट, चक, मसी चोपेर लेख्ने कलमको सट्टा अनलाइन क्लास, प्रोजेक्ट, गुगलेै सर्च गर्नुपर्ने, मौसम सम्बन्धि बिज्ञले पानी पर्छ आज भन्ने बितिकै तुरुक्क परिहाल्ने, आधी आउन्छ भने अन्धकार भैहाल्ने र सतर्कता अपनाउनुु पर्ने, रोबर्टद्वारा संक्रमितलाई खाना पुर्‍याउने रे, वातावरण परिवर्तन सम्बन्धि अनुसंधानका सभा सम्मेलन, त्यस्तै स्वास्थ्य क्षेत्रमा आमाको गर्भमा बच्चाको अङ्ग प्रत्याअंगको निरीक्षण गर्ने, केटालाई केटी ,केटीलाई केटा बनाउने देखि लिएर मानिसको जिवनमा हुने तमाम रोगहरू निको पार्नु, बेला बेलामा उब्जिने प्लेग, रूबेला, ड्याङ्गो, फ्लु आदि जस्ताका लागि औसधि तथा खोेप तयार पारेर फेैलन नपाउदै जहिको तही नर्मुल पार्नमा बिज्ञानिकहरू सफल हुदै आएका छन् तर कयौं कोसिसका बावजुत यस जीवाणुको भने ओखती नै पत्ता लाग्न नसक्नुले समस्तमा निराशाजनक स्थिती आएको छ। तसर्थ एलोपेथिक उपचारमा मात्रै केन्द्रित नभएर,WHOले प्राकृतिक तथा आयुर्वेदिक उपचारको महत्वलाई पनि प्राथमिकता दिए हुन्थ्यो भनि अर्काथरिको बिश्लेषण पनि ठिकै देखिन्छ ।

जताततै त्रासमय छ, रोग र शोकको संघारमा छ मनुष्य जिवन, ूविनाशकाले विपरीत बुद्धिू, भने झेै यस महासंग्रामको निरुपण गर्नुु त कता हो कता विकसित राष्ट्रहरूको तछाडमछाड, शंकाउपशंका, आक्रमणले कोरोना प्रतिको ध्यानमा धमिलोपन आएको आभास भएको छ, मौका छोपेर आफ्नो राजनीति स्वार्थ सिद्ध गर्न शक्ति र ताकत पनि उद्धृत भएका छन् । कालापानी, लिपुलेक, लिम्पियाधूरा पनि त्यस्कै दृष्टान्त हो । यहीँ मौकामा नेपालको भुूमी अतिक्रमण गरी इन्डियाले आफ्ना संरचना बनाउनुु, कानुनी दस्तावेजलाई आधार मानेर नेपालको नयाँ नक्शा कायम गर्दा त्यहाँका पत्रकारले नेताहरू लगाएत मनिषा काईरालालाई अभद्र व्यभहार गर्नु, यस्तो परिस्थितिमा हाम्रो सरकार तथा प्रतिपक्षमा बसेकाहरुको भुूमिका फितलोे भई समाधान गर्न तर्फ त कता हो कता आपसी खिचातानी एक अर्कालाई आरोप प्रत्याआरोपमानेै सिमित हुनु, जाजरकोटमा पनि यहि समयमा जन प्रतिनिधिको अगुवाइमा जातिय विभेदका कारण यूवाहरूमाथी अमानविय तरिकाले फलाम तथा ढुङ्गा बर्साएर विभत्स हत्या गरी विध्वंस मच्चाउनुुले कोरोना प्रती सरोकारवालाको सम्पूर्ण ध्यानमा ह्रासका कारण जुन किसिमले सावधानी अपनाउनु पर्ने हो त्यो पर्याप्त नहुँदा चारैतिर तिब्र गतिमा संक्रमित संख्या बढ्दै गइरहेकोे हुनाले नियन्त्रण भन्दा बाहिर गइसकेको हो कि १ यदि यस्तै हो भने भोलिका दिनमा यस्ले कुन रूप लिन्छ त्यो हामी परिकल्पना समेत सक्दैनौं ।

विाश्वमा जाल फिजिएकोे यस माहामारीका कारण आधा करोडको हाराहारीमा संक्रमित, लाखौंको ज्यान जानु, डिप्रेसनको सिकार, हर्टअटेक हुनुको साथेै विश्वको अर्थतन्त्रमा परेको असरले भोलिका दिनमा आउने तमाम चुनौतीसंग मानव कसरी जुध्न सक्छ भनि चिन्तितको बिषय बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार( विश्वबाट कोरोना भाइरस कहिल्यै उन्मुलन नहुन सक्छ, HIV जस्तोे हुनसक्छ रे, सबैकुरा त WHO का पनि कहाँ पोे मिल्छन तर योे भाइरसको लक्षणचाहि लामो समय सम्म टिक्ने पक्कापक्की देखिन्छ, बिश्लेसकका अनुुुसार आउने जुन जुलाईमा सबैभन्दा विकराल रूप लिन्छ रे भन्ने छ, यदि साच्चिकै हो भने भोलिका दिनमा करोडोै मानिस यसबाट प्रभावित हुनेछन्, करोडोैकोे ज्यान जाने सम्भावना पनि त्यतिकै छ यस्तो परिस्थितिमा सावधानी कसरी अपनाउने रु कसरी कार्य सूचारू गर्ने रु दैनिक जिवनयापनलाई विगत झेै सहजिकरण कसरी बनाउने रु सूदूर भविष्यमा पनि औसधि पत्ता नलाग्ने बैज्ञानिक विश्लेषणले मनुष्य त्रसित मात्र होइन यसले उब्जाउन सक्ने सामाजिक विकृति, बेरोजगार, गुन्डागर्दी, अराजक हुने सम्भावना छ भने संसार आक्रान्तको सम्भावना पनि त्यतिकै छ । तसर्थ तमाम समस्याहरूको समाधानका उपायबारे सम्बन्धित क्षेत्रहरूका बिज्ञहरूको परामर्श चाडै हुनु जरुरी देखिन्छ ।

त्यस्तै धार्मिक परम्परालाई मोडेर हेर्दा -यस संसारमा जब अधर्म, अत्याचार, दुराचार, असत्य बढ्दै जान्छ त्यो सृष्टिको अन्त्य भएर नयाँ सृष्टिको जन्म हुन्छ । अर्थात यो सबै गर्न गराउन लागि रामायण, माहाभारत जस्ता पुराणमा माहानायकले यस धर्तीमा जन्म लिएका थिए, धार्मिक ग्रन्थमा यी कुराहरूलाई अंगिकार गरेको पाइन्छ । तसर्थ संसार बिकृतितिर उन्मुख भएका बेला, धर्म प्रती विश्वास राख्ने एकथरीले प्रोत्साहन पाउनुु पनि स्वभाविकेै भएको देखिन्छ ।

सास छउन्जेल आश, भने झै प्रतीक्षा गरौ यस वैज्ञानिक युगमा पनि कुुनेै महानायक तथा महायौद्धाद्वारा कोरोनाको औषधि पत्ता लाग्ला भनेर, बाँदर र मानिसमा औषधि परिक्षण गरेकोे प्रकाशित समाचारले यी हृृदयहरु फेरी प्रफुलित भएका छन्। सारा अन्तर आत्माले सफलताको शुभकामना दिइरहेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल