अन्तिम चरणमा पुग्यो साल्मे गुराँसे खानेपानी

Advertisement

रामेछाप । आरम्भ भएको लामो समयदेखि सम्पन्न हुन नसकेको गुराँसे साल्मे खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । साविकको गुन्सि र लखनपुर गाविसलाई लक्षित गरि खानेपानी डिभिजन कार्यालय मन्थलीको आर्थिक तथा प्राविधिक सहयोगमा २०६८ सालबाट आरम्भ भएको उक्त आयोजनाको कामले गति लिए संगै उक्त आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।


मुलुक संघियतामा गएसंगै निर्माण कार्य रोकिएको उक्त खानेपानी आयोजना संघियताको कार्यान्वयन संगै खानेपानी तथा सर सफाई डिभिजन ४ मन्थली मातहतमा आएपछि आयोजनको बाँकि कामले निरन्तरता पाएको उपभोक्ता समितिका अध्यक्ष भोज बहादुर मगरले बतउनु भयो । ्
उहाँका अनुसार साविकको गुन्सि र लखनपुर गाउँ विकास समितिका करिब ५ सय घर उपभोक्तालाई लक्षित गरि आरम्भ गरिएको आयोजना संचालनका लागि दुई वटा उपभोक्ता समिति फेरिई सकेका छन् । पछि संघियताको कार्यान्वयन संगै कार्यालयको टुँगो नलाग्दा आयोजनाको काममा रोकिएको र लक डाउनका कारण सामान जुटाउन समस्या भएकोले पनि अमायोजनाको कामले निरन्तरता पाउन नसकेकोले आगामि बर्ष भित्र भने आयोजनाको काम पुर्ण रुपमा सकिने आकलन गरिएको छ ।

सगै समितिले घर घरमा धारा विस्तारको कामलाई निरन्तरता दिए संगै स्थानिय उपभोक्ताहरु समेत खुसि भएको समितिका सदस्य समेत रहेका उपभोक्ता तुल्सीमायाँ मगरले बताउनु भयो । करिब ५ सय उपभोक्ता मध्य अधिकाँसले खानेपानी उपभोग गरिरेका र बाँकिको घरमा चाँडैनै धारा पुग्ने गरि काम अघि बढि रहेको छ ।
खानेपानी तथाभजन कार्यालयल मन्थलीले करिब २ करोडको लागतमा साल्मे खोलाको पानी साल्मे गुराँसे खानेपानी आयोजनाका नाममा ५ वटा बृहत रिजर्भर ट्याँकि निर्माण गरेको छ । सोको निर्माण र मुख्य लाईन विस्तरको काम संगै समितिले गाउँमा अस्थाई पानी झारेर तत्कालीन संकट लाई निकास दिएको र त्यसको लागि कार्यालयले नियमित रुपमा स्थलगत प्राविधिक खटाई राखेको डिभिजन ४ का ईन्जिीनियर नवराज सत्याललले बताउनु भयो ।


आयोजनाको गुणस्तरियता र स्टमेट अुनसारको काम भए नभएको भन्ने बारेमा पनि कार्यालय संबेदनिशिल भएर लागि परेको छ । समयमा आयोजना सम्पन्न गर्ने कुरामा कार्यालय लागि रहेको र त्यसका लागि उपभोक्ता समितिलाई पनि संग संग परिचालन गरिएकोले ढिलोमा पनि आगामि वर्ष बाट भने आयोजनाले पुर्णता पाउने अनुमान लगाउन सकिने पनि ईन्जिनियर सत्यालले जानकारी दिनु भयो ।
जिल्ला सदरमुकाम मन्थलीबाट दुई दिनको पैदल यात्रा पछि मात्र पुगिने उक्त दुर्गम ठाउँमा खानेपानीको कारण विशेस गरि त्यहाँका महिलाहरुले निकै कष्टकर जीवन विताउदै आएका थिए । उनिहरुले खानेपानीको अभावमा सदियौ देखि घरबाट लामो समय लगाएर पुराना धारा र कुवाको पानी डोकामा बोकेर जिविका चलाउँदै आएका थिए । संचालीत आयोजनाको कामले पुर्णता पाउने भएपछि त्यस क्षेत्रको बस्तीले खानेपानीको लागि काँचुली फेर्न सक्ने वडा अध्यक्ष अम्विका प्रसाद गजुरेलले बताए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल