आज प्रदोषव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् २०७७ ज्येष्ठ २१ गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल ज्येष्ठ महिनाको २१ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत जुन महिनाको ३ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । ग्रीष्म ऋतुअन्तर्गत ज्येष्ठशुक्लपक्षको द्वादशी तिथि बिहान ७।३० बजेसम्म रहनेछ । यो महिनाका देवता त्रिविक्रम र मासदेवी पद्माक्षी हुन् । सूर्य वृष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । स्वाती नक्षत्र बेलुका ७।५८ बजेसम्म रहनेछन् । यसैगरी वरियन योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।१० मा छ भने सूर्यास्त बेलुका ६।५५ बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा छन् ।


आज प्रदोषव्रत परेको छ । त्रयोदशीको सन्ध्याकालीन समय विशेष दोषयुक्त रहने भएकाले यो अवसरमा प्रदोषव्रत लाभदायी रहने गर्दछ । प्रदोषव्रतमा केवल शिवजीको उपासना मात्र कल्याणदायी रहने गर्दछ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल